१४ बैशाख २०८१, शुक्रबार

विवाद सुल्झिन नसकेपछि नेपाल विद्यार्थी संघको बन्द सत्र अन्योलमा


nebisangh

काठमाडौं : नेपाल विद्यार्थी संघको बन्द सत्र अन्योलमा परेको छ।

आज बिहान ११ बजेबाट हुने भनिएको बन्द सत्र पदाधिकारीको विवाद मिल्न नसक्दा अन्योलमा परेको हो। बिहानसम्म पदाधिकारीमा भएको विवाद मिलाएर बन्द सत्र सुरु हुने पनिए समस्या अझै सुल्झिएको छैन।

कुन्दनराज काफ्ले र पदमराज पन्तले नेतृत्व गरेको टिमले ११ वटा जिल्लाका पदाधिकारीको विवाद नमिलाई बन्द सत्रमा नजाने घोषणा गरेको थियो।

अनसनरत पक्षले राखेका माग र ११ विवादित जिल्लाको विषयमा सहमति जुट्न नसकेपछि बन्द सत्र केही समय लम्बिने नेविसंघका प्रवक्ता युपी लामिछानेले बताए। समाधान खोज्नका लागि छलफल जारी रहेको उनले जानकारी दिएका छन्।

हिजोबाट सुरु भएको नेविसंघको ११औं महाधिवेशन स्थलमा सुरक्षा व्यवस्था पनि कडा बनाइएको छ। ‘गुटउपगुट भएका कारणले यसपटक सुरक्षा कडा पारिएको हो। पदाधिकारी बस्ने होटेल, खाना खाने स्थान, कार्यक्रम हुने मञ्चसम्म कडा रुपमा प्रहरी गरिचालन गरेका छौं,’ नेपाल प्रहरीका एक अधिकारीले बताए।

सुरक्षाको लागि भृकुटीमण्डपभित्र कुनै पनि सवारी साधन, झोला, ब्याग लगायतका सामान लिएर लैजान निषेध गरिएको छ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !