१४ बैशाख २०८१, शुक्रबार

विद्यार्थीले महानगरपालिकालाई धुलो बुझाए


kathmandu

२८ पुस, काठमाण्डौ । विद्यार्थी नेताहरुले काठमाडौं महानगरपालिका कार्यालय प्रवेशद्धारमा धर्ना दिँदै उपमेयरलाई धुलो बुझाएका छन् । नेपाल विद्यार्थी संघको नेतृत्वमा धुलोको कमी गर्न पहल गरियोस् भन्दै महानगरका मेयर विद्या सुन्दर शाक्यको ध्यानाआर्कषण गराउन विद्यार्थीहरुले महानगरको गेटमा धर्ना दिएका हुन् ।
शाक्यलाई भेट्न नपाएपछि विद्यार्थी नेताहरुले प्रवेशद्धारमै प्ले कार्डसहित धर्ना दिएका थिए। ‘हामीले विभिन्न ठाउँवाट हावामा उडेको धुलो संकलन गरेर मेयर शाक्यलाई बुझाउन आएका हौं,’ नेपाल विद्यार्थी संघका काठमाडौं जिल्लाध्यक्ष मनोज बैद्यले भने, ‘तर, मेयर शाक्यलाई भेट्न पाएनौं ।’ सयौं विद्यार्थी सहित आएको टोलीले उपमेयर हरिप्रभा खड्गीलाई संकलन गरेर ल्याएको धुलो बुझाएको छ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !