१४ बैशाख २०८१, शुक्रबार

सिटिजन्स बैंकको नाफामा नयाँ रेकर्ड कायम


Citizen-Bank-International

८ वैशाख, काठमाण्डौ । चालु आर्थिक वर्षको तेश्रो त्रैमासमा सिटिजन्स बैंक इन्टरनेशनलले खूद नाफातर्फ सन्तोषजनक प्रगति गरेको छ । अघिल्लो आर्थिक वर्षको सोही अवधिको तुलनामा यो बैंकको नाफा १४.३९ प्रतिशतले वृद्धि भएको हो ।

यो बैंकले तेश्रो त्रैमासमा नाफाको हिसाबले अर्ब क्लबमा प्रवेश गरी नयाँ इतिहास रचेको हो ।

शुक्रबार बैंकले प्रकाशित गरेको बित्तीय विवरणअनुसार यो बैंकले तेश्रो त्रैमाससम्म १ अर्ब खूद नाफा आर्जन गरेको छ । अघिल्लो वर्ष यही अवधिमा बैंकको नाफा ८८ करोड २८ लाखमा सीमित थियो ।

व्यवसाय बिस्तारमा ध्यान दिएका कारण बैंकको खूद ब्याज आम्दानी १ अर्ब २५ करोडबाट वृद्धि भई १ अर्ब ४६ करोडको उचाईमा पुगेको छ ।

बैंकले संचालन मुनाफालाई समेत राम्रोसँग बढाएको छ । अघिल्लो वर्ष ८८ करोड ७१ लख रुपैयाँ रहेको यस्तो नाफामा ३३ प्रतिशतको हाराहारीमा प्रगति गरी समीक्षा अवधिमा १ अर्ब १७ करोडको उचाईमा पुर्याएको हो ।

बित्तीय स्वस्थता मापन गर्ने अर्को महत्वपूर्ण सूचक रिजर्बमा समेत बैंकले प्रगति गरेको छ । अघिल्लो वर्षको तेश्रो त्रैमाससम्म रिजर्ब कोषमा २ अर्ब १७ करोड रहेकोमा यो वर्ष बढेर २ अर्ब ३७ करोड पुगेको छ ।

समीक्षा अवधिमा बैंकले ६० अर्ब २५ करोड निक्षेप संकलन गरी ५५ अर्ब ८२ करोड कर्जा परिचालन गरेको छ । अघिल्लो वर्ष यही अवधिमा बैंकले ५५ अर्ब ५६ करोड निक्षेप संकलन गरी ४७ अर्ब ८ करोड कर्जा परिचालन गरेको थियो

बैंकले निस्क्रिय कर्जा अनुपातलाई समेत घटाएको छ । अघिल्लो वर्ष यही अवधिमा १.५५ प्रतिशत रहेकोमा घटेर १.४६ प्रतिशतमा झारेको छ ।

बैंकको चुक्तापूँजी ८ अर्ब ३ करोड रुपैयाँ पुगेको छ । अघिल्लो आर्थिक वर्षको तेश्रो त्रैमाससम्म बैंकको यस्तो पूँजी ५ अर्ब ८७ करोड रुपैयाँ थियो । यसरी बैंकको पूँजीतर्फ ३७ प्रतिशतको हाराहारीमा वृद्धि भए पनि खूद नाफातर्फ भने १४.३९ प्रतिशतको मात्र वृद्धि भएका कारण वार्षिकीकृत प्रतिसेयर आम्दानी केही खुम्चिएको छ । अघिल्लो वर्षको तेश्रो त्रैमासमा प्रतिसेयर आम्दानी २०.०३ रुपैयाँ रहेकोमा केही घटेर यो वर्ष १६.७६ रुपैयाँ  कायम भएको छ ।

समीक्षा अवधिमा बैंकको प्रतिसेयर नेटवर्थ १२९.५६ रुपैयाँ र मूल्य आम्दानी अनुपात १५.५१ गुणा कायम भएको छ ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !