१४ बैशाख २०८१, शुक्रबार

एसियन कप फुटबल छनौटका लागि नेपाली टोलीको घोषणा


७ चैत, काठमाण्डाै । एएफसी एसियन कप फुटबल छनौट प्रतियोगिता अन्तरगत यमनसँगको खेलको लागि २० सदस्यीय अन्तिम टिमको घोषणा गरिएको छ ।

आउँदो मंगलबार कतारमा हुने खेलको लागि गोलकिपरमा किरण चेम्जोङ, विकेश कुथु र एलन न्यौपानेको नाम घोषणा गरिएको छ । यस्तै डिफेन्डरमा विराज महर्जन, रेजिन धिमाल, देवेन्द्र तामाङ, आदित्य चौधरी, अनन्त तामाङ र दिनेश राजवंशी टिममा परेका छन् ।

मिडफिल्डमा भने विशाल राइ, रोहित चन्द, हेमन गुरुङ, हेमन्त थापामगर, सुजल श्रेष्ठ, सुनिल वल र अञ्जन विष्टको नाम टुंगो लागेको छ ।

नेपालीको टोलीको फरवार्ड भने विमल घर्तीमगर, नवयुग श्रेष्ठ, जर्ज प्रिन्स कार्की र सुमन लामा रहेका छन् । नेपाल भने प्रतियोगिताबाट बाहिरिसकेको छ । फिलिपिन्स, यमन र ताजकिस्तानसहित समूह एफमा रहेको नेपाल २ अंकसहित तालिकाको पुछारमा छ ।

नेपाली टोलीको मुख्य प्रशिक्षकमा ग्योतोकु कोजी, प्रशिक्षकमा राजुकाजी श्रेष्ठ तथा गोलकिपिङ प्रशिक्षकमा उज्जवल मानन्धर रहेका छन् ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !