१४ बैशाख २०८१, शुक्रबार

इटालियन ओपन टेनिसको उपाधि नाडाललाई


Rafeal Nadal

एजेन्सी, ७ जेठ । स्पेनीस खेलाडी राफेल नाडालले इटालियन ओपन टेनिसको उपाधि किर्तीमानी आठौं पटक जितेका छन् । आइतबार राति भएको फाइनलमा जर्मन खेलाडी एलेक्जेन्डर भरेभलाई हराउँदै नाडालले उपाधि जितेका हुन् । उपाधिसँगै नाडाल पुनः विश्व बरियताको शीर्ष स्थानमा उक्लने भएका छन् ।

रोममा भएको फाइनलमा नाडालले भरेभको एक सेटको अग्रतालाई उल्ट्याएका हुन् । पहिलो सेटमा भरेभले नाडालेका दुई सर्भिस ब्रेक गर्दै ६ – १ ले जितेका थिए । तर त्यसपछि उत्कृष्ट कमब्याक गरेका नाडालले दोस्रो सेटमा भरेभको तीन सर्भिस ब्रेक गरेर ६ – १ ले आफ्नो पक्षमा पारे । तेस्रो तथा अन्तिम सेटमा नाडालले ६ – ३ को जित निकाल्दै उपाधिमा कब्जा जमाए ।

नाडालले भरेभ विरुद्ध पछिल्ला ११ खेलमा ९ खेलमा जित निकाल्न सफल भए । अब नाडाल अर्को आइतबारबाट सुरु हुने फ्रेन्च ओपन अगाडि विश्व बरियताको शीर्ष स्थानमा फर्किनेछन । यसअघि मड्रिड ओपनमा डोमिनिच थियमसँग पराजित भएपछि फेडरर शीर्ष स्थानमा उक्लिएका थिए । नाडालले यो सिजन तीन वटा क्ले कोर्टमा उपाधि जित्न सफल भएका छन् ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !