१५ बैशाख २०८१, शनिबार

वरियता बिहीन ओसाका इन्डियाना वेल्सको उपाधि जित्ने कान्छी खेलाडी


Naomi-Osaka

एजेन्सी,  ६ चैत । अमेरीकामा सम्पन्न इन्डियाना वेल्स टेनिसको महिला तर्फको उपाधि जापानी खेलाडी नायोमी ओसाकाले जितेकी छिन् । वरियता बिहीन ओसाकाले फाइनलमा रसियन खेलाडी डारीया कासात्किनालाई पराजित गर्दै करियरको पहिलो उपाधि उचालिन ।

क्यालिफोर्नियामा भएको खेलमा ओसाकाले डारीयालाई दुई शुन्यको सोझो सेटमा हराइन् । २० वर्षे ओसाकाले उत्कृष्ट प्रदर्शन गर्दै पहिलो सेटमा ६–३ को जित निकालिन् । दोस्रो सेटमा पनि राम्रो लय समातेकी ओसाकाले डारीयालाई खेलमा फर्कने मौका नै नदिई ६–२ ले खेल आफ्नो पक्षमा पारिन र करियरको पहिलो उपाधि उचालिन ।

यसका साथै ओसाका इन्डियाना वेल्सको उपाधि जित्ने सबै भन्दा कान्छी खेलाडी बनेकी छिन् । करिव एक दशक अगाडि एना इभानोभिच कम उमेरमा उपाधि जित्ने खेलाडी बनेकी थिइन् ।

यो प्रतियोगितामा मात्र एक सेट हारेकी ओसाकाले मारिया सारापोभा, कारोलिना पिल्सकोभा र विश्व वरियतामा शिर्ष स्थानमा रहेकी सिमाना हलेपलाई पराजित गरेकी थिइन् ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !