१४ बैशाख २०८१, शुक्रबार

को संग गर्दैछन बेलायती प्रिन्स ह्यारी विवाह: पद्नुहोस पुरा खवर


harry-meghan

११, मंसिर : बेलायती प्रिन्स ह्यारीले अमेरिकी अभिनेत्री मेघन मर्केलसँग विवाह गर्ने भएका छन्। ह्यारी र मर्केलले यस महिनाको शुरुमै इनगेजमेन्ट गरेको बेलायतको राजदरबारले सार्वजनिक गरेपछि उनिहरु विवाह बन्धनमा बाँधिने निश्चित भएका हुन्।

३३ वर्षीय ह्यारी र ३६ वर्षीय मर्केल गत वर्ष देखि नै रिलेसनसिपमा रहेपनि ओपचारिक घोषणा भएको थिएन्। यी दुईबीच अर्को वर्ष स्प्रिङमा विवाह हुने जनाइएको छ। राजकुमार ह्यारीसँग विवाह गरेपछि मर्केललाई राजकुमारी या डचेज ओफ ससेक्सको उपाधि दिन सक्ने चर्चा छ ।
सन् २०१६ मा राजकुमार ह्यारी क्यानडा भ्रमणका बेला मर्केलसँग प्रेम भएको बेलायती मिडियाहरुले उल्लेख गरेका थिए।
यी ‘कपल’ पहिलो पटक बेलायतको नेशनल टिभिमा एक साथ उपस्थित भएर इनगेजमेन्ट तथा १६ महिने रिलेसनसिपको बारेमा छलफल गरिने भएको छ।

विनाशकारी भूकम्पपछि २०१६ मार्चमा राजुमार ह्यारी नेपाल आएर भुकम्पप्रभावित गोरखाका विभिन्न ठाउँमा स्कुल पुनर्निर्माणमा सहयोग गरेका थिए। नेपाल बसाईमा उनले नेपालीहरुको मन जितेर फर्केका थिए।

यता सन् २०११ मा ट्रेभर एन्ग्ल्सनसँग विवाह गरेकि अमेरिकी अभिनेत्रीमर्केलले सन् २०१३ मा डिभोर्स गरेकी थिइन्।
मर्केलले अ लट लाइक लभ, गेट हिम टु ग्रीक, रेमेम्बर मी, हरिबल बोसेस, एन्टी सोसिएल जस्ता फिल्ममा अभिनय गरिसकेकी छन्।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !