१४ बैशाख २०८१, शुक्रबार

पानी पिउने वैज्ञानिक नियम


भाद्र २१, काठमाडौँ | बिहान उठ्नेबित्तिकै दुईदेखि तीन गिलास पानी पिउनु शरीरका लागि आवश्यक कुरा हो । यसलाई उषापान पनि भन्ने गरिन्छ । उषापान मुख कुल्ला नगरी मुखको र्याललाई समेत पानीसँगै निल्ने गरी गर्न सके त्यो स्वास्थ्यका लागि अत्यन्तै लाभकारी हुन्छ ।

उषापानमा प्रयोग गरिने पानी खाली पेटको पेय हुने हुनाले मनतातो बनाएर खाएको खण्डमा त्यसलाई उत्तम मानिन्छ । यदि पानी बेलुकैदेखि तामाको भाँडामा राखिएको छ भने चिसै पनि पिउन सकिन्छ । तामाको भाँडामा राखिएको पानी पिउँदा स्वास्थ्यका लागि फाइदाजनक हुने गर्छ । उषापानमा सेवन गरिने पानीले मानिसको शरीरको आन्तरिक शुद्धीकरण गर्दछ । शरीरको पाचन प्रणालीलाई सबल बनाउँछ । जीवनशक्ति बढाउँछ । शारीरिक एवं मानसिक रूपमा शीतल एवं सौम्य प्रदान गर्दछ ।

आयुर्वेदिक मान्यताअनुसार अजीर्ण, अपच तथा कब्जियतजस्ता समस्यामा पानीलाई अमृतको रूपमा लिने गरिन्छ । अतः एक–एक घन्टाको फरकमा पानी पिउने बानी विकास गर्नु शरीरका लागि राम्रो हुन्छ । मानिसको पेट खाली भएको वेला पानी पिएको खण्डमा यसले शरीरलाई थप बल प्रदान गर्दछ । खाना खाँदा दुई–चार घुड्की पानी पिएको खण्डमा त्यो पानी औषधितुल्य हुन्छ । तर, खाना खाइसकेपछि तुरुन्तै पानी पिएको खण्डमा त्यो पानी विषसरह हुने गर्दछ । त्यसैले मुख्य भोजन गरेको एक घन्टाअगाडि अथवा एक घन्टापछाडि मात्रै पानी पिउनु शरीरका लागि स्वस्थकर मानिन्छ ।

राति सुत्नुभन्दा आधा अथवा एक घन्टाअगाडि पिएको एक गिलास पानीले रातको समयमा हुन सक्ने हृदयाघातको खतरालाई घटाउँछ । स्नान गरिसकेपछि एक गिलास पानी पिउने हो भने रक्तचाप नियन्त्रणमा सहायता मिल्छ । पानी पिउँदा घुटुघुटु गर्दै मुखको ¥याल मिसिने मौका दिँदै पिउने गर्नुपर्छ । तातो दूध पिएजसरी चुस्की लिँदै पिएको पानी औषधिजस्तै मानिन्छ । पानी पिउँदा उभिएर कहिल्यै पिउनु हुँदैन, सदैव बसेर पिउने गर्नुपर्दछ ।

 


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !