१४ बैशाख २०८१, शुक्रबार

अप्रेसनको तयारीमा रहेका चिकित्सक सम्पर्कविहीन


udayapurhospital

१५ फागुन, उदयपुर । उदयपुर जिल्ला अस्पतालमा कार्ययरत डाक्टर अमिताभ ठाकुर सोमबार दिउँसोवाट बेपत्ता भएका छन् ।

अस्पतालमा कार्यरत स्टाफहरुसँग भनाभन गरेर एकाएक अस्पतालवाट बाहिरिएपछि सम्पर्कविहीन भएको अस्पताल प्रशासन प्रमुख बिर्खबहादुर खत्रीले बताए ।

खत्रीका अनुसार प्रसूति गराउन ल्याएको एक गर्भवती महिलाको अप्रेसनको तयारी गर्दैगर्दा झगडा गरेर डा. ठाकुर सम्पर्कविहीन भएका हुन् । त्रियुगा नगरपालिका–९ का गीता खड्काको सामान्य प्रसूति नभएपछि अप्रेसन गर्नुपर्ने थियो ।

अप्रेसनको सम्पूर्ण तयारी भइसकेपछि प्रसूतिगृहमा कार्यरत डा. ठाकुर सम्पर्कविहीन भएको खत्रीको भनाइ छ । उनको मोबाइलमा सम्पर्क गर्दा फोन ‘रिसिभ’ नभएको अस्पताल विकास समितिका अध्यक्ष राकेश खत्रीले बताए ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !