१४ बैशाख २०८१, शुक्रबार

सास गन्हाउने समस्या समाधानका घरेलु उपाय


mouth

सास गन्हाउने समस्या पनि मानिसको जीवनमा एक महत्वपूर्ण समस्या हो । प्राय कतिलाई सास गन्हाउने समस्याले सताएका हुन्छन् । यो समस्याले गर्दा कतिलाई आफ्नै साथीहरुले जिस्काउने र मानिसको अगाडी लजित वनाउने जस्ता कार्यहरु गरेका हुन्छन्, र कतिले भोगिरहेकै कुरा हो । यो समस्या भएका मानिसहरु अरु सँग बोल्दा पनि डराएर कपडाले मुख छोपेर बोल्नु पर्ने अवस्था र्सिजना हुन सक्छ । अरु व्याक्तिले पनि नराम्रो मान्ने हुदा निधक्क सँग अरुको संगत गर्न पनि गाह्रो हुन्छ । यसो त सास गन्हाउने समस्याको समाधाननै नभएको भने होइन । प्रसस्त पानी पिउने, नियमित दिनमा दुई चोटि खाना पछि दाँत माझ्ने, व्यायम र सन्तुलित भोजन गर्दा दातँ गन्हाउने समस्यावाट छुटकारा पाउन सकिन्छ ।

१. ताजा खनेकुरा खाने ।
२. सुत्नुभन्दा अगाडि पानी पिउने ।
३. सुत्नुभन्दा अगाडि दाँत माझ्ने ।
४. दैनिक जिब्रो सफा गर्ने ।
५. खानापछि धनियाको पात चपाउने ।
६. पुदिनाको पात नियमित सेवन गर्ने ।
७. खानापछि एक सुकमेलको गेडा खाने ।
८. ल्वाङ सास गन्हाउने समस्याको औषधी र धेरै रोगको पनि औषधी हो ।
९. अम्बाको मुन्टा (पात) र फल तथा अनारको फुल र फल खाने ।
१०. एकहप्ता सम्म घ्युकुमरीको जुसले मुख कुल्ला गर्ने ।
११. बिहान दाँत माझ्नु अघि नरिवलको तेलले मुख कुल्ला गर्ने ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !