१९ बैशाख २०८१, बुधबार

जेलवाट बालकृष्ण ढुंगेलले भने– गोविन्द केसीको आन्दोलनलाई मेरो समर्थन !


bal_krishna_dhungel_arrest_9_iIs5Bbdwv0 ????????????????????????????????????

२७ पुस, काठमाण्डौ । डिल्लीबजारमा कैद भुक्तानी गरी रहेका माओवादी नेता बालकृष्ण ढुङेलले जेलबाटै डाक्टर गोविन्द केसीको आन्दोलनमा समर्थन जनाएका छन् । ढुङेललाई भेट्न सदरखोर पुगेकी उनकी जेठी छोरी विनिताले बालकृष्णलाई उदृत गर्दै आफ्नो फेसबुक वालमा लेखेकी छन्– ‘इतिहासकै दोस्रो पटक दोस्रो व्यक्ति बनेर अदालती अत्याचार र व्यापारिक न्यायसम्पादनका विरुद्ध आवज बुलन्द गर्दै अदालती अन्यायको विरुद्धमा आन्दोलनको विभिन्न स्वरुपमध्ये एउटा आमरण अनसन जस्तो जोखिमयुक्त आन्दोलन गर्नु हुने डा. गोविन्द केसीको साहस र आन्दोलनलाई एक्यबद्धतासाथ मेरो अभिवादन छ ।’

छोरी विनिताले आफू १५ दिनपछि बुबालाई भेट्न जाँदा आफूलाई बुबाले यो सन्देश पु¥याई दिन भनेको उल्लेख गरेकी छन् । दुई छोरी र एक श्रीमती रहेका ढुङ्गेल कपन बस्दै आएका छन् ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !