१४ बैशाख २०८१, शुक्रबार

स्तन स्वस्थ राख्नको लागि उपयुक्त स्वास्थ टिप्स


stan

मानिस जन्मिसकेपछि विभिन्न चरणमा शरीरका अंगहरु विकास भएको हुन्छ । त्यी चरणसँगै महिलाहरुको पनि शारीरिक अंगहरु विभिन्न चरणवद्ध रुपमा विकास भएको हुन्छ । विकास भएसँगै महिलाहरुले ख्याल गर्नुपर्ने कुराहरु पनि हुन्छ । विशेषगरी सबै महिलाहरुलाई थाहा नहुन सक्छ, कि आफ्नो शरीरको अंगहरुलाई स्वस्थ राख्नको लागि कस्तो कुराहरुमा ध्यान दिनुपर्छ भनेर! त्यसैले गर्दा महिलाहरुमा पछिल्लो समय स्तनमा फरक किसिमका समस्याहरु देखा पर्दै आईरहेको पाइन्छ । अहिलेको सन्दर्भमा परिवर्नशील समयसँगै स्तन आकर्षित देखाउनको लागि प्रयोग गरेका विभिन्न वस्तु वा सामग्रीले पनि समस्या पुर्याइएका हुन्छन् । तर त्यस्ता कुराले समस्या भइरहेको छ भन्ने अशिक्षित महिलाहरुलाई थाहा नहुन सक्छ । त्यसैले गर्दा कहिले काहि आफ्नो बानीका कारणले पनि स्तनमा गम्भीर समस्या हुन सक्छ । स्वास्थ्य सम्बन्धी पत्रिका इल्सइभियरमा प्रकाशित एक अध्ययन अनुसार स्तनलाई म्याटेसमा केही घण्टा दबाएर राख्दा तपाईको स्तनको लिगामेन्ट्स अर्थात कोषिका र नशाहरु तन्किन्छन्, जसले गर्दा तपाईको स्तन भद्धा देखिन्छ । त्यस्तैगरी हेल्थनामक जर्नलमा प्रकाशित एक अध्ययन अनुसार झोल्लिएको ब्रा लगाउँदा स्तन, घाँटी र काँधमा पीडा हुन्छ । त्यसैले गर्दा स्तन स्वस्थ र सजाई राख्नको लागि निम्न टिप्सहरु ध्यान दिन जरुरि छ ।

१. लामो समय घोप्टो परेर सुत्दा तपाईको स्तनको आकार परिवर्तन हुनुको साथै स्तन टेडो हुनसक्छ ।
२. बारम्बार धोएपछि तपाईको ब्रा मा राखिएको रबर झोल्लिएको हुन्छ । झोल्लिएको ब्रा लगाउनु भन्दा नलगाउँदानै उपयुक्त हुन्छ ।
३. कसैको निप्पलमा रौ पलाएको हुन्छ,तर महिलाले स्तनको रौ खुर्कन्छन् । संक्रमणको सम्भावना भएकोले यस संबेदनशील अंगमा ब्लेड लगाएका धारिलो सामग्री प्रयोग नगर्न जर्नल अफफिजिकल एक्टीभिटी एन्ड हेल्थले सुझाब दिएको छ ।
४. आफुलाई नमिल्ने ब्रा कहिल्यै पनि नलगाउनुहोस् । निकै सानो बा ठूलो ब्रा लगाउँदा तपाईको स्तनलाई असर गर्छ ।
५. कतिपय महिलाले स्तनमा टाटु खोप्छन् । तर, स्तनमा टाटु खोप्दा संक्रमण,व्लिड्रि हुने वा विभिन्न एलर्जी हुने गर्छ । अमेरिकन जर्नल अफक्लिनिकल इर्मेटोलोजीमा प्रकाशित एक अध्ययन अनुसार निपलमा छेड्दा हेपटाइटिस बी र सीको संक्रमण हुन्छ ।
६. ब्रालगाएर सुत्दा स्तनमा रक्तपुबाहमा गम्भीर प्रभाव पर्ने, स्तनको टुप्पोमा असर गर्ने,पानी झर्ने,निप्पल सुनिने समेत हुन्छ ।
७. यदि स्तनमा सानो डल्ला वा गाँठो देख्नुभयो भने तत्काल स्तनको एक्सरे गरी रोग भए नभएको पहिचान गर्नुपर्छ ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !