१५ बैशाख २०८१, शनिबार

३९ प्रतिशत विद्यार्थी भर्ना


education

६ जेठ, काठमाडौँ । सरकारले यस वर्ष विद्यालय बाहिर रहेकामध्ये ३९ प्रतिशत विद्यार्थी मात्र विद्यालयमा भर्ना गरेको छ ।

वैशाख महिनाभरी सञ्चालित विद्यार्थी भर्ना अभियानमा ८८ हजार ८८७ विद्यार्थीमध्ये ३४ हजार ३४४ जना मात्र भर्ना गरिएको शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयका प्रवक्ता वैकुण्ठ अर्यालले जानकारी दिनुभयो । उहाँका अनुसार भर्ना गरिएका विद्यार्थी प्राथमिक तहका हुन् । सरकारले विद्यालय जाने उमेर समूहका विद्यार्थीलाई विद्यालयमा ल्याउनका लागि घरदैलो अभियान सञ्चालन गरेको थियो । उहाँले अभियानमा कक्षा १ देखि दशसम्म करीब सात लाख २४ हजार वद्यार्थी भर्ना गरिएको बताउनुभयो ।

प्रधानमन्त्री केपी शर्मा ओलीले मुगुमा एक विद्यार्थी भर्ना गरी अभियानको शुरुआत गर्नुभएको थियो । प्रवक्ता अर्यालले बाँकी भर्ना हुन नसकेका विद्यार्थीलाई शैक्षिकसत्रभरी भर्ना गर्न पहल गरिने बताउनुभयो ।

अभियानमा यस वर्ष ७७७ विद्यार्थीको अभिभावकत्व ग्रहण गरिएको छ । ती विद्यार्थीलाई प्रधानमन्त्री, मन्त्री, सांसद, नगरप्रमुख तथा उपप्रमुख, चलचित्र नायक आदिले विद्यालयमा भर्ना गरेर अभिभावकत्व ग्रहण गर्नुभएको छे ।

यस वर्ष गरीब, अपाङ्गता भएका र पिछडिएका क्षेत्रका विद्यालय उमेर जाने विद्यार्थीलाई पाठ्यपुस्तकसहित विद्यालय भर्ना गरिएको थियो । सरकारले वर्षेनी भर्ना अभियान सञ्चालन गरे पनि तोकेअनुसारको विद्यार्थी भर्ना गराउन सकेको छैन ।(रासस)


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !