१४ बैशाख २०८१, शुक्रबार

पुस मसान्तको प्रभाव बजारमा, नेप्से दोहोरो अंकले ओर्लियो


नेप्सेमा गिरावट

२६ पुस, काठमाण्डौ । यो महिनाको अन्तिम कारोबार भएकोले मसान्त प्रभाव बजारमा देखिएको छ । ‘कर्जा लिएकाले बैंकमा सावाँ र व्याजको किस्ता बुझाउने तथा व्यवसायीहरुले कर तिर्ने समय आएकोले पनि लगानीकर्ताहरु बजारमा त्यति केन्द्रीत हुन पाएनन,’ सेयर लगानीकर्ता संघका अध्यक्ष उत्तम अर्याल भन्छन् ।

सरकारी ढुकुटिमा रहेको रकम बैंकिङ प्रणालीमा ल्याउने गृहकार्य भइरहेकोमा त्यसको सम्भावना नदेखिएको खबर मंगलवार साँझ नै लगानीकर्ताहरुमा पुगेकोले पनि बजार घटेको अर्याल बताउछन् । करिब १६ अंकले नेप्से घटेको छ । सुचक १४४० मा सिमित भएको छ । बुधवार एभरेष्ट इन्स्योरेन्स कम्पनीको सेयरमा सक्रिट ब्रेक लागेको छ । कम्पनीको सेयर १० प्रतिशतले घटेको हो । कम्पनीले संस्थापक सेयर र साधारण सेयर अनुपात ५१÷४९ बनाउनुपर्ने भएको छ ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !