६ बैशाख २०८१, बिहिबार

विश्वकप फुटबल : उरुग्वेलाई हराउँदै पोर्चुगल नकआउट चरणमा


पोर्चुगलको दोस्रो जित

काठमाडौँ । कतारमा जारी फिफा विश्वकप फुटबलमा पोर्चुगलले उरुग्वेलाई पराजित गर्दै नकआउट चरणमा प्रवेश गरेको छ । फिफा विश्वकप कतार २०२२ अन्तर्गत लुसेल आइकोनिक रंगशालामा भएको समूह एचको खेलमा पोर्चुगल लगातार दोस्रो जितका साथ नकआउट चरणमा प्रवेश गरेको हो ।

पोर्चुगलले उरुग्वेलाई २–० गोलअन्तरले पराजित गर्दै पोर्चुगल एक खेल बाँकी रहँदै नकआउट चरणमा पुगेको हो । ब्रुनो फर्नान्डेजले गरेको दुई गोलले उरुग्वेलाई पराजित गर्दै प्रि–क्वार्टरफाइनलमा पुगेको हो ।

खेलको पहिलो हाफको खेल गोलरहित बराबरीमा सकिएको थियो । दोस्रो हाफको ५४ अ‍ौं मिनेटमा पोर्चुगलले अग्रता लिएको थियो । ब्रुनो फर्नान्डेसले पेनाल्टी क्षेत्र बाहिरबाट दिएको लामो पासलाई रोनाल्डो हेडरमार्फत गोल गरेका थिए ।

निर्धारित समयको अन्तिम मिनेटमा उरुग्वेका जोसे मारिया गिमिनेजले पेनाल्टी एरियामा ह्यान्ड गरेपछि भिडियो एसिसेन्ट रेफ्रीले ह्यान्ड भएको निर्णय लिएपछि प्राप्त पेनाल्टीमा पोर्चुगलका लागि दोस्रो गोल गर्दै फर्नान्डेजले २–० को जितसहित पोर्चुगललाई एक खेल अगावै समूह चरण पार गराएका हुन् ।

पोर्चुगलले दुई गोल गर्दै सुरुआती दुई खेलबाट ६ अंकसहित अन्तिम १६ को यात्रा तय गरेको हो । यो विश्वकप फुटबलमा पोर्चुगलको यो लगातार दोस्रो जित हो । आठौंपटक विश्वकप खेलिरहेको पोर्चुगल सन् २००६ मा सेमिफाइनलमा पुगेको थियो ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !