२१ जेष्ठ २०८१, सोमबार

आज जेठ २६ गते सोमबार देशभरको मौसम पूर्वानुमान


आजको मौसम

जेठ २६, काठमाडौँ । जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाले आजको मौसम पूर्वानुमान सार्वजनिक गरेको छ ।

(बिहान ६: ०० बजे

मौसम विश्लेषण

हाल नेपालमा स्थानीय वायु, पश्चिमी वायु र भारतको पूर्वी उत्तर प्रदेश तथा विहारमा रहेको निम्न चापिय प्रणालीको प्रभाव रहेको छ ।

हालको मौसमको अवस्था

हाल देशको बागमती प्रदेश, गण्डकी प्रदेशका भू-भागमा सामान्य बदली रहेको छ भने प्रदेश१ र कार्णाली प्रदेशका पहाडी भू-भागमा आंशिक बदली भइ बाँकी स्थानहरुमा मौसम सामान्यतया सफा रहेको देखिन्छ ।

दिउँसो

प्रदेश १, बागमती, गण्डकी र कर्णाली प्रदेशहरुमा सामान्य बदली तथा बाँकी प्रदेशका भू-भागहरुमा आंशिक बदली रहनेछ । प्रदेश १, बागमती, गण्डकी र कर्णाली प्रदेशका थोरै स्थानहरुमा तथा प्रदेश २ र प्रदेश ५ र सुदुर पश्चिमका एक वा दुई स्थानमा मेघगर्जन, चट्याङ, हावाहुरी सहित वर्षाको सम्भावना रहेको छ ।

राती

प्रदेश १, बागमती प्रदेश, गण्डकी प्रदेश र कर्णाली प्रदेशका भू-भागहरुमा सामान्य बदली रहनेछ भने बाँकि प्रदेशहरुमा आंशिक बदली रहनेछ । प्रदेश १, बागमती ,गण्डकी र कर्णाली प्रदेशका थोरै स्थानहरुमा तथा प्रदेश २ र प्रदेश ५ र सुदुर पश्चिमका एक वा दुई स्थानमा मेघगर्जन, चट्याङ, हावाहुरी सहित वर्षाको सम्भावना रहेको छ ।

आगामी २४ घण्टाका लागि चेतावनी तथा परामर्श

प्रदेश १, बागमती, गण्डकी र कर्णाली प्रदेशका थोरै स्थानहरुमा तथा सुदुर पश्चिम, प्रदेश २ र प्रदेश ५ का एक वा दुई स्थानमा मेघगर्जन, चट्याङ, हावाहुरी सहित वर्षाको सम्भावना रहेकोले सतर्कता अपनाउन विभागले अनुरोध गरेको छ ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !