१२ आश्विन २०८१, शनिबार

आज जेठ २४ गते शनिबार देशभरको मौसम पूर्वानुमान


आजको मौसम

जेठ २४, काठमाडौँ । जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाले आजको मौसम पूर्वानुमान सार्वजनिक गरेको छ ।

(बिहान ६: ०० बजे)

मौसम विश्लेषण

हाल नेपालमा स्थानीय वायु, पश्चिमी वायु र अरब सागरमा रहेको “निसर्ग” (NISARGA) चक्रवात कमजोर भई बनेको न्युन चापिय क्षेत्रको प्रभाव रहेको छ।

हालको मौसमको अवस्था

हाल देशभर सामान्यदेखि पूर्ण बदली रही प्रदेश १ , गण्डकी प्रदेश, सु.प प्रदेश, कर्णाली प्रदेश र बागमती प्रदेशका केहि स्थानमा हल्कादेखि मध्यम खालको बर्षा र प्रदेश ५ र प्रदेश २ का थोरै स्थानहरुमा हल्का वर्षा भैरहेको अवस्था छ ।

दिउँसो

प्रदेश १,२, र बागमती प्रदेश मा पूर्ण बदली तथा गण्डकी, कर्णाली, सु.प र प्रदेश ५ मा सामान्य बदली रहनेछ । प्रदेश १,२, र बागमती प्रदेशका केही स्थानहरुमा हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ बाँकी प्रदेशका थोरै स्थानहरुमा हल्का वर्षाको सम्भावना रहेको छ ।

राती

प्रदेश १ र बागमती प्रदेश मा पूर्ण बदली तथा बाँकी प्रदेशमा सामान्य बदली रहनेछ । प्रदेश १ र बागमती प्रदेशका केहि र अन्य प्रदेशका थोरै स्थानहरुमा मेघगर्जन, चट्याङ सहित हल्का वर्षाको सम्भावना रहेको विभागले जनाएको छ ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !