७ पुस २०८१, आइतबार

आज जेठ २२ गते विहीबार देशभरको मौसम पूर्वानुमान


आजको मौसम

जेठ २२ , काठमाडौँ । जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाले आजको मौसम पूर्वानुमान सार्वजनिक गरेको छ ।

(बिहान ६: ०० बजे)

मौसम विश्लेषण

हाल नेपालमा स्थानिय वायु, पश्चिमी वायु र अरब सागरमा रहेको “निसर्ग” (NISARGA) चक्रवातको प्रभाव रहेको छ ।

हालको मौसमको अवस्था

हाल देशभर सामान्य देखि पूर्ण बदली रही प्रदेश १, प्रदेश २ र बगमती प्रदेश बाहेक बाँकि प्रदेशका केहि स्थानहरुमा हल्का वर्षा भएको छ ।

दिउँसो

सु.प. प्रदेश, कर्णाली तथा गण्डकी प्रदेश र प्रदेश ५ मा पूर्ण बदली रहि बाँकी प्रदेशहरुमा मौसम सामान्य बदलि रहनेछ । सुदुर पश्चिम प्रदेश, कर्णाली तथा गण्डकी प्रदेश र प्रदेश ५ का केही स्थानहरु र बाकी प्रदेशका थोरै स्थानहरुमा मेघगर्जन, चट्याङ सहित वर्षाको सम्भावना रहेको छ ।

राती

सु.प. प्रदेश, कर्णाली तथा गण्डकी प्रदेश र प्रदेश ५ र बागमती प्रदेशमा पूर्ण बदली रहि बाँकी प्रदेशहरुमा मौसम सामान्य बदलि रहनेछ । सु.प. प्रदेश, कर्णाली तथा गण्डकी प्रदेश र प्रदेश ५ का केही स्थान र बाकी भू-भागका एक-दुई स्थानहरुमा मेघगर्जन, चट्याङ सहित वर्षाको सम्भावना रहेको छ ।

आगामी २४ घण्टाका लागि चेतावनी तथा परामर्श

देशका केहि स्थानहरुमा मेघगर्जन, चट्याङ सहित हल्का देखि मध्यम वर्षाको सातै ऊच्च हिमाली भेगका केहि स्थानहरुमा हिमपातको समेत सम्भावना रहेकोले सतर्कता अपनाउन हुन विभागले अनुरोध गरेको छ ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !