७ पुस २०८१, आइतबार

आज जेठ ९ गते शुक्रबार देशभरको मौसम पूर्वानुमान


आजको मौसम

जेठ ९, काठमाडौँ । जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाले आजको मौसम पूर्वानुमान सार्वजनिक गरेको छ ।

(बिहान ६:०० बजे)

मौसम विश्लेषण

हाल बंगलादेशको आसपासमा अवस्थित चक्रवात “अंपुन” कमजोर भई निम्न चापीय प्रणालीको रुपमा रहेको छ । नेपालको पूर्वी भू-भागमा यस प्रणालीको आन्शिक प्रभावका साथै स्थानीय वायुको पनि प्रभाव रहेको छ ।

हालको मौसमको अवस्था

हाल देशको पूर्वी भू-भागमा सामान्य बदली, मध्य भू-भागमा आन्शिक बदली र बाँकी भू-भागमा मौसम सामान्यतया सफा रहेको छ ।

दिउँसो

देशको पूर्वी भू-भागमा सामान्य बदली, मध्य तथा पश्चिमी पहाडी भू-भागमा आंशिक बदली र बाँकी भू-भागमा मौसम सामान्यतया सफा रहनेछ । पूर्वी भू-भागका थोरै स्थानहरु र मध्य तथा पश्चिमी पहाडी भू-भागका १/२ स्थानहरुमा मेघगर्जन, चट्याङ्, हावाहुरी सहित वर्षाको सम्भावना रहेको छ ।

राती

देशको पहाडि भु-भागमा सामान्य बदली रही बांकी भू-भागमा आंशिक बदली रहनेछ । पहाडि भू-भागका थोरै स्थानहरुमा मेघगर्जन, चट्याङ, हावाहुरी सहित वर्षाको सम्भावना रहेको छ ।

आगामी २४ घण्टाका लागि चेतावनी तथा परामर्श

पूर्वी भू-भाग लगायत मध्य तथा पश्चिमी पहाडी भू-भागका थोरै स्थानहरुमा मेघगर्जन, चट्याङ, हावाहुरी सहित वर्षाको संभावना रहेकोले सतर्कता अपनाउन विभागले अनुरोध गरेको छ ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !