४ असार २०८१, सोमबार

यस्तो छ आज जेठ ६ गते मंगलबार देशभरको मौसम पूर्वानुमान


आजको मौसम

जेठ ६, काठमाडौँ । जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाले आजको मौसम पूर्वानुमान सार्वजनिक गरेको छ ।

(बिहान ६:०० बजे)

मौसम विश्लेषण

हाल देशमा स्थानीय वायु र चक्रवात अंपुनको अप्रत्यक्ष प्रभाव रहेको देखिन्छ ।

हालको मौसमको अवस्था

हाल देशको पूर्व र मध्य भू-भागमा आंशिक देखि सामान्य बदली रही पश्चिमी भू-भागका केही स्थानहरुमा आंशिक बदली र बाँकी भू-भागमा मौसम सामान्यतया सफा रहेको देखिन्छ ।

दिउँसो

देशको पूर्व र मध्य भू-भागमा आंशिक देखि सामान्य बदली रही पश्चिमी भू-भागका केही स्थानहरुमा आंशिक बदली रहनेछ । मध्य तथा पूर्वी भू-भागका थोरै स्थानमा मेघगर्जन सहित हल्का वर्षाको सम्भावना रहेको छ ।

राती

देशको पूर्व र मध्य भू-भागमा आंशिक देखि सामान्य बदली रही पश्चिमी भू-भागका केही स्थानहरुमा आंशिक बदली र बाँकी भू-भागमा मौसम सामान्यतया सफा रहनेछ । मध्य तथा पूर्वी भू-भागका थोरै स्थानमा मेघगर्जन सहित हल्का वर्षाको सम्भावना रहेको छ ।

आगामी २४ घण्टाका लागि चेतावनी तथा परामर्श

देशको मध्य तथा पूर्वी भू-भागहरुमा मेघगर्जन सहित वर्षाको सम्भावना रहेकोले सतर्कता अपनाउन विभागले अनुरोध गरेको छ ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !