३१ जेष्ठ २०८१, बिहिबार

यस्तो छ आजको मौसम पूर्वानुमान


आजको मौसम

बैशाख २, काठमाडौँ । जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाले आजको मौसम पूर्वानुमान सार्वजनिक गरेको छ । देशभरको मौसम बुधबार आंशिकदेखि सामान्य बदली हुने जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । स्थानीय वायुको प्रभावसँगै अहिले नेपालमा पश्चिमी वायुको समेत आंशिक प्रभाव रहेकाले मौसम बदली भएको हो ।

मध्य र पूर्वका अधिकांश क्षेत्र तथा पश्चिमीका केही भागका अहिले पू्र्ण बदली भएको छ । थोरै स्थानमा मेघगर्जन र चट्याङ्गसहित असिना र हावाहुरीसहित वर्षा भइरहेको मौसमविदले बताएका छन् । बाँकी क्षेत्रमा भने आंशिक बदली अवस्था छ ।

दिउँसो देशभर आंशिकदेखि सामान्य बदली रहने छ । देशको मध्य र पूर्वका केही स्थानहरु र पश्चिमीका थोरै स्थानमा मेघगर्जन र चट्याङ्ग तथा असिना र हावाहुरीसहित वर्षाको संभावना रहेको मौसमविदले बताएका छन् ।

राति देशभर आंशिकदेखि सामान्य बदली रहने जनाइएको छ। थोरै स्थानमा मेघगर्जन र चट्याङ्ग तथा असिना र हावाहुरीसहित वर्षाको संभावना रहेको मौसमविदले बताएका छन् ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !