१४ बैशाख २०८१, शुक्रबार

आजको मौसम : मेघ गर्जन र चट्याङसहित वर्षा


आजको मौसम

चैत १२, काठमाडौँ । जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाले आजको मौसम पूर्वानुमान जारी गरेको छ । हाल नेपालमा पश्चिमी वायूको आंशिक प्रभाव रहेको जनाएको छ । यसैगरी, हाल देशको मध्य र पश्चिमी पहाडी भू-भागमा सामान्य बदली रहि बाँकी भू-भागमा आंशिक बदली रहेको महाशाखाले जनाएको छ । आज दिउँसो भने देशका पहाडी भू-भागका थोरै स्थानमा मेघ गर्जन/चट्याङ्ग सहित क्षणिक वर्षाको सम्भावना रहेकोले चट्याङ्गबाट जोगिन आवश्यक सतर्कता अपनाउन हुन अनुरोध गरेको छ।

दिउँसो

देशको मध्य र पूर्वि भू-भागमा आंशिक देखि सामान्य बदली रही बाँकी भू-भागमा आंशिक बदलि रहनेछ । देशका पहाडी भू-भागका थोरै स्थानमा मेघ गर्जन/चट्याङ्ग सहित क्षणिक वर्षाको सम्भावना रहेको छ ।

राती

देशको पश्चिमी भू-भागमा सामान्य बदली रही बाँकी भू-भागमा आंशिक देखि सामान्य बदली रहनेछ। पूर्वी पहाडी भू-भागका एक-दुई स्थानहरूमा मेघ गर्जन/चट्याङ्ग सहित वर्षाको सम्भावना रहेको छ । पूर्वी र मध्य हिमाली भू-भागमा हल्का हिमपातको सम्भावना रहेको छ ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !