८ मंसिर २०८१, शनिबार

काठमाडौंमा वर्षा, मौसम बदलीकै कारण आज पश्चिम क्षेत्रमा हावाहुरी चल्ने


हिउँदे वर्षात्

मंसिर २७, काठमाडौं । काठमाडौंमा शुक्रबार बिहानदेखि पानी परिरहेको छ । पानी परेसँगै जनजीवन प्रभावित भएको छ । देशका उच्चपहाडी भूभागमा हिमपात भएको छ । शुक्रबार दिनभरजसो नै काठमाडौं उपत्यकालगायत देशभर पानी तथा हिमपात पर्ने जल तथा मौसम पूर्वानुमान महाशाखाले अनुमान गरेको छ । यतिखेर पहाडी क्षेत्रमा समेत पानी परिरहेको छ भने उच्च पहाडी र हिमाली क्षेत्रमा हिउँ परिरहेको छ ।

मौसम बदलीकै कारण आज पश्चिम क्षेत्रमा हावाहुरी चल्ने महाशाखाले जनाएको छ । मौसम बदलीको प्रभाव आइतबारसम्म कायम रहने महाशाखाले निकालेको मौसम बुलेटिनमा उल्लेख छ । बिहिबार बिहान ७ दशमलव ७ डिग्री रहेको काठमाडौंको तापक्रम शुक्रबार बिहान ९ डिग्री सेल्सियस पुगेको छ। राती आकाशमा बादल लागेपछि बिहीबार दिउँसोको तापक्रम थुनिएकाले तापक्रम बढेको महाशाखाले जानकारी दिएको छ ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !