५ जेष्ठ २०८१, शनिबार

हिमपातले जनजीवन प्रभावित


Nepalpatra

८ माघ, रुकुम (पूर्व) । चिसोका कारण जिल्लाको जनजीवन प्रभावित भएको छ । क्रमशः चिसो कम हुँदै गइरहेको महसुस भइरहेका बेलामा एक्कासि प्रदेश नं– ५ स्थित हिमाली जिल्ला रुमुक (पूर्व) को उच्च हिमाली बस्तीमा हिमपात हँुदा जनजीवन कष्टकर बन्दै गएको हो ।
जिल्लाको पुथा उत्तरगङ्गा गाउँपालिका, सिस्ने गाउँपालिकाको सिस्ने, प्वाङ र भूमे गाउँपालिकाको उच्च लेकाली क्षेत्रमा हिमपातका साथै चिसो बढेकाले दैनिक कामकाजमा समस्या आएको छ ।

रातभर भएको हिमपातले बस्तुभाउलाई चरण क्षेत्रको अभाव भएको पुथा उत्तरगङ्गा गाउँपालिका उपाध्यक्ष ओमकुमारी शाहीले बताउनुभयो ।

हिमपातकै कारण पुथा उत्तरगङ्गा गाउँपालिकामा सवारी साधनसमेत सञ्चालन हुन सकेका छैनन् । हिमपात भएसँगै बिहानै घाँस दाउरा गर्ने स्थानीयवासी जीवन यापनमा कठिन भएको सिस्ने गाउँपालिका–१ का वडाध्यक्ष मानबहादुर बुढाले बताउनुभयो । अहिले स्थानीयवासीलाई घरबाट बाहिर निस्कन पनि गाह्रो भएकाले चिसोबाट बच्न उनीहरूले दाउरा बालेर बसिरहेका छन् । (रासस)


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !