१ फाल्गुन २०८२, शुक्रबार

यस्तो छ देशभरको आजको मौसम पूर्वानुमान


काठमाडौँ उपत्यका मौसम

काठमाडौँ । जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाले आजको मौसम पूर्वानुमान सार्वजनिक गरेको छ ।

मौसम विश्लेषण

हाल नेपालमा पश्चिमी वायूको प्रभाव रहेको छ ।

हाल मौसमको अवस्था

हाल तराई भू-भागका केही स्थानहरूमा तथा ऊपत्यकाहरूमा हुस्सु/कुहिरो लागेको छ। कोशी प्रदेशको पहाडी र हिमाली भू-भागमा आंशिक बादल लागेको छ र बाँकी भू-भागमा मौसम मुख्यतया सफा रहेको छ ।

दिउँसो

तराई भू-भागका केही स्थानहरूमा हुस्सु/कुहिरो रहनेछ । देशका हिमाली भू‍-भागमा साधारणतया बादल लाग्नेछ र बाँकी भू-भागमा आंशिक बादल लाग्नेछ । देशका हिमाली भू‍-भागका एक-दुई स्थानमा हल्का हिमपात/वर्षाको सम्भावना रहेको छ ।

राती

तराई भू-भागका थोरै स्थानहरूमा हुस्सु रहनेछ । देशका हिमाली भू‍-भागमा साधारणतया बादल लाग्नेछ र बाँकी भू-भागमा आंशिक बादल लाग्नेछ । गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेशको हिमाली भू‍-भागका थोरै स्थानहरूमा हल्का हिमपात/वर्षाको सम्भावना रहेको छ ।

चेतावनी तथा परामर्श

देशका तराई भू-भागमा हुस्सु/कुहिरोको प्रभाव रहने साथै २०८२ माघ २० गते (मंगलबार) सबै हिमाली भू-भागका केही स्थानहरूमा हल्कादेखि मध्यम हिमपात/बर्षाको सम्भावना रहेकोले ती भू-भागहरूमा चिसो बढ्ने तथा दैनिक जनजीवन, पर्यटन, पदयात्रा , स्वास्थ्य साथै हवाई तथा सडक यातायातमा प्रभाव पर्ने देखिएकोले यस महाशाखाबाट दैनिक जारी हुने अद्यावधिक मौसमी सूचनाको जानकारी लिन विभागले अनुरोध गरेको छ ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !