काठमाडौँ । जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाले आजको मौसम पूर्वानुमान सार्वजनिक गरेको छ ।
मौसम विश्लेषण
हाल नेपालमा पश्चिमी वायूको आंशिक प्रभाव रहेको छ ।
हाल मौसमको अवस्था
तराई भू-भागका केही स्थानहरूमा हुस्सु/कुहिरो लागेको छ । पहाडी भू-भागमा मौसम मुख्यतया सफा रहेको छ । हिमाली भू-भागमा आंशिक बादल लागेको छ ।
दिउँसो
तराई भू-भागका केही स्थानहरूमा मध्यान्नसम्म हुस्सु/कुहिरो रहनेछ । देशका हिमाली भू-भागमा आंशिक बादल लाग्ने तथा बाँकी भू-भागमा मौसम मुख्यतया सफा रहेको छ ।
राती
कर्णाली र सुदूरपश्चिम प्रदेशको पहाडी र हिमाली भू-भागमा साधारणतया बादल लाग्ने तथा बाँकी भू-भागमा आंशिक बादल लाग्नेछ । कर्णाली र सुदूरपश्चिम प्रदेशको उच्च पहाडी तथा हिमाली भू-भागका एक-दुई स्थानमा हल्का हिमपात/वर्षाको सम्भावना रहेको छ ।












