काठमाडौँ । जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाले आजको मौसम पूर्वानुमान सार्वजनिक गरेको छ ।
मौसम विश्लेषण
हाल नेपालमा पश्चिमी वायूको आंशिक प्रभाव रहेको छ ।
हाल मौसमको अवस्था
तराई भू-भागका केही स्थानहरूमा हुस्सु्/कुहिरो लागेको छ । देशको हिमाली भू-भागमा आंशिक बादल लागेको छ तथा पहाडी भू-भागमा मौसम मुख्यतया सफा रहेको छ ।
दिउँसो
तराई भू-भागका केही स्थानहरूमा हुस्सु/कुहिरो रहनेछ । कोशी प्रदेश, गण्डकी प्रदेश र कर्णाली प्रदेशको उच्च पहाडी तथा हिमाली भू-भागमा आंशिक बादल लाग्ने तथा बाँकी भू-भागमा मौसम मुख्यतया सफा रहनेछ ।
राती
तराई भू-भागका केही स्थानहरूमा हुस्सु रहनेछ । देशको उच्च पहाडी तथा हिमाली भू-भागमा मौसम मुख्यतया सफा रहनेछ ।












