१ फाल्गुन २०८२, शुक्रबार

२०८२ पुस २४ गते बिहीबार देशभर आजको मौसम पूर्वानुमान


आजको मौसम

काठमाडौँ । जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाले आजको मौसम पूर्वानुमान सार्वजनिक गरेको छ ।

मौसम विश्लेषण

देशभर पश्चिमी वायूको आंशिक प्रभाव रहेको छ ।

हाल मौसमको अवस्था

कोशी प्रदेशको उच्च पहाडी तथा हिमाली भू‍-भागमा आंशिक बदली रही बाँकी पहाडी तथा हिमाली भू-भागमा मौसम मुख्यतया सफा रहेको छ। तराई भू-भागका अधिकांश स्थानहरूमा हुस्सु/कुहिरो लागेको छ ।

दिउँसो

तराई भू-भागका अधिकांश स्थानहरूमा हुस्सु/कुहिरो रहनेछ । कर्णाली प्रदेशका र सुदूरपश्चिम प्रदेशका उच्च पहाडी तथा हिमाली भू‍-भागमा आंशिक बदली रही बाँकी पहाडी तथा हिमाली भू‍-भागमा मौसम मुख्यतया सफा रहनेछ ।

राती

तराई भू-भागका धेरै स्थानहरूमा हुस्सु रहनेछ । कोशी प्रदेश, मधेश प्रदेश, बागमती प्रदेश, गण्डकी प्रदेश र लुम्बिनी प्रदेशमा आंशिक बदली रही बाँकी पहाडी तथा हिमाली भू‍-भागमा मौसम मुख्यतया सफा रहनेछ ।

चेतावनी तथा परामर्श

देशका तराई भू-भागमा हुस्सु/कुहिरोको प्रभावले दैनिक जनजीवन, पर्यटन, स्वास्थ्य साथै हवाई तथा सडक यातायातमा प्रभाव पर्ने देखिएकोले यस महाशाखाबाट दैनिक जारी हुने अद्यावधिक मौसमी सूचनाको जानकारी लिन हुन विभागले अनुरोध गरेको छ ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !