काठमाडौँ । जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाले आजको मौसम पूर्वानुमान सार्वजनिक गरेको छ ।
मौसम विश्लेषण
हाल नेपालमा पश्चिम वायूको आंशिक प्रभाव रहेको छ ।
हाल मौसमको अवस्था
हाल कर्णाली प्रदेश हिमाली भू-भागमा आंशिक बदली रही बाँकी भू-भागमा मुख्यतया सफा रहेको छ । तराईका केही स्थानहरूमा हुस्सु/कुहिरो लागेको छ ।
दिउँसो
कोशी प्रदेशको हिमाली भू-भागमा आंशिक बदली रही बाँकी भू-भागमा मौसम मुख्यतया सफा रहने छ ।
राती
देशभर मौसम मुख्यतया सफा रहने छ ।












