काठमाडौँ । जल तथा मौसम विज्ञान विभागको मौसम पूर्वानुमान महाशाखाको वेबसाइट ह्याक भएको छ । मौसमसम्बन्धी जानकारी दिने मौसम पूर्वानुमान महाशाखाको वेबसाइट (www.mfd.gov.np) आज बिहानदेखि ह्याक भएको हो ।
सोमबार बिहान वेबसाइट खोल्ने प्रयास गर्दा ह्याक भएको जानकारी दिएको पेज मात्र खुल्छ । आफूलाई ‘क्याप्टेन स्मोकर’ बताउनेले वेबसाइट ह्याक गरेको बताएको छ ।