२१ कार्तिक २०८१, बुधबार

२०८० असार ३ गते आइतबार देशभर आजको मौसम पूर्वानुमान


मौसम पूर्वानुमान

काठमाडौँ । जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाले आजको मौसम पूर्वानुमान सार्वजनिक गरेको छ ।

मौसम विश्लेषण

हाल देशको पूर्वी तथा मध्य भू-भागमा मनसुनी प्रणालीको प्रभाव रहेको छ भने बाँकी भू-भागमा स्थानीय वायु र पश्चिमी वायुको आंशिक प्रभाव रहेको छ ।

हाल मौसमको अवस्था

हाल कोशी, मधेश, गण्डकी र सुदूरपश्चिम प्रदेश लगायत देशका पहाडी भू-भागमा आंशिकदेखि सामान्य बदली रही बाँकी भू-भागमा मौसम सामान्यतया सफा रहेको छ । कोशी प्रदेशको थोरै र कर्णाली प्रदेश पहाडी भू-भागका एक-दुई स्थानमा मेघ-गर्जन/चट्याङ्गसहित हल्का वर्षा भइरहेको छ ।

दिउँसो

कोशी प्रदेशमा सामान्य बदली रहनुका साथै सुदूरपश्चिम प्रदेश लगायत देशका पहाडी भू-भागमा आंशिकदेखि सामान्य बदली रही बाँकी भू-भागमा आंशिक बदलीदेखि मौसम सामान्यतया सफा रहनेछ । कोशी र गण्डकी प्रदेशका पहाडी भू-भागका केही स्थानहरूमा, कोशी प्रदेशका तराई भू-भागका साथै देशका बाँकी पहाडी भू-भागका थोरै स्थानहरुमा र देशका बाँकी तराई भू-भागका एक-दुई स्थानमा मेघ-गर्जन/चट्याङ्गसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ । कोशी प्रदेश र गण्डकी प्रदेशको एक-दुई स्थानमा भारी वर्षाको पनि सम्भावना रहेको छ ।

राती

कोशी प्रदेशमा सामान्य बदली रही देशका बाँकी पहाडी भू-भागमा आंशिक देखि सामान्य बदली तथा बाँकी तराई भू-भागमा आंशिक बदलीदेखि मौसम सामान्यता सफा रहनेछ । कोशी प्रदेशका केही स्थानहरूमा, देशका बाँकी पहाडी पहाडी भू-भागका थोरै स्थानहरूमा मेघ-गर्जन/चट्याङ्गसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ । कोशी प्रदेशको एक-दुई स्थानमा भारी वर्षाको पनि सम्भावना रहेको छ ।

आगामी २४ घण्टाका लागि चेतावनी तथा परामर्श

देशका मध्य तथा पश्चिम तराईका भू-भागहरूमा अत्याधिक गर्मी हुने सम्भावना घट्ने देखिए तापनि गर्मी हुने सम्भावना यथावत् छ । कोशी र गण्डकी प्रदेशका पहाडी भू-भागका केही स्थानहरूमा, कोशी प्रदेशका तराई भू-भागका साथै देशका बाँकी पहाडी भू-भागका थोरै स्थानहरुमा र देशका बाँकी तराई भू-भागका एक-दुई स्थानमा मेघ-गर्जन/चट्याङ्गसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ । कोशी प्रदेश र गण्डकी प्रदेशको एक-दुई स्थानमा भारी वर्षाको पनि सम्भावना रहेको छ । तसर्थ, गर्मी, मेघ-गर्जन/चट्याङ्ग तथा वर्षाबाट हुन सक्ने जोखिम वा क्षतिबाट बच्न आवश्यक सतर्कता अपनाउन हुन विभागले अनुरोध गरेको छ ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !