१२ आश्विन २०८१, शनिबार

यस्तो छ तीन दिनको देशभरको मौसम पूर्वानुमान


मौसम

काठमाडौँ । जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाले देशभरको तीन दिनको मौसम पूर्वानुमान सार्वजनिक गरेको छ ।

मौसम विश्लेषण

हाल देशको पूर्वी तथा मध्य भू-भागमा मनसुनी प्रणालीको प्रभाव रहेको छ भने बाँकी भू-भागमा स्थानीय वायु र पश्चिमी वायुको आंशिक प्रभाव रहेको छ ।

हाल मौसमको अवस्था

देशका पहाडी भू-भागमा आंशिकदेखि सामान्य बदली रही बाँकी भू-भागमा मौसम सामान्यतया सफा रहेको छ । कोशी प्रदेशका एक-दुई स्थानमा हल्का वर्षा भई रहेको छ ।

२०८० आषाढ १ गते (शुक्रबार)

दिउँसो

कोशी प्रदेश लगायत देशका पहाडी भू-भागमा आंशिकदेखि सामान्य बदली रही बाँकी भू-भागमा आंशिक बदलीदेखि मौसम सामान्यतया सफा रहनेछ । कोशी, बागमती र गण्डकी प्रदेशका पहाडी भू-भागका केही स्थानहरूमा, बाँकी पहाडी भू-भागका थोरै स्थानहरुमा र कोशी प्रदेशका तराईका भू-भागका एक-दुई स्थानमा मेघ-गर्जन/चट्याङ्गसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ ।

राती

कोशी प्रदेश लगायत देशका पहाडी भू-भागमा आंशिकदेखि सामान्य बदली रही बाँकी भू-भागमा आंशिक बदलीदेखि मौसम सामान्यतया सफा रहनेछ । कोशी, बागमती र गण्डकी प्रदेशका पहाडी भू-भागका केही स्थानहरूमा तथा कोशी प्रदेशका तराई, मधेश प्रदेश सहित बाँकी पहाडी भू-भागका थोरै स्थानहरुमा मेघ-गर्जन/चट्याङ्गसहित हल्का वर्षाको सम्भावना रहेको छ ।

२०८० आषाढ २ गते (शनिबार)

दिउँसो

कोशी प्रदेश लगायत देशका पहाडी भू-भागमा आंशिकदेखि सामान्य बदली रही बाँकी भू-भागमा आंशिक बदलीदेखि मौसम सामान्यतया सफा रहनेछ । कोशी, बागमती र गण्डकी प्रदेशका केही स्थानहरूमा र बाँकी पहाडी भू-भागका थोरै स्थानहरुमा मेघ-गर्जन/चट्याङ्गसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ ।

राती

कोशी प्रदेश, मधेश प्रदेश लगायत देशका पहाडी भू-भागमा आंशिकदेखि सामान्य बदली रही बाँकी भू-भागमा आंशिक बदली रहनेछ । कोशी, बागमती र गण्डकी प्रदेशका केही स्थानहरूमा तथा मधेश प्रदेश सहित बाँकी पहाडी भू-भागका थोरै स्थानहरुमा मेघ-गर्जन/चट्याङ्गसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ । कोशी प्रदेशको एक-दुई स्थानमा भारी बर्षाको पनि सम्भावना रहेको छ ।

२०८० आषाढ ३ गते (आइतबार)

दिउँसो

कोशी प्रदेशमा सामान्य बदली रहनुका साथै सुदूरपश्चिम प्रदेश लगायत देशका पहाडी भू-भागमा आंशिकदेखि सामान्य बदली रही बाँकी भू-भागमा आंशिक बदली देखि मौसम सामान्यतया सफा रहनेछ । कोशी प्रदेशका पहाडी भू-भागका केही स्थानहरूमा, कोशी प्रदेशका तराई भू-भागका साथै देशका बाँकी पहाडी भू-भागका थोरै स्थानहरुमा र देशका बाँकी तराई भू-भागका एक-दुई स्थानमा मेघ-गर्जन/चट्याङ्गसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ ।

राती

कोशी प्रदेशमा सामान्य बदली रही देशका बाँकी पहाडी भू-भागमा आंशिक देखि सामान्य बदली तथा बाँकी तराई भू-भागमा आंशिक बदली देखि मौसम सामान्यता सफा रहनेछ । कोशी प्रदेशका पहाडी भू-भागका केही स्थानहरूमा, देशका बाँकी पहाडी पहाडी भू-भागका थोरै स्थानहरूमा र देशका बाँकी तराई भू-भागका एक-दुई स्थानमा मेघ-गर्जन/चट्याङ्ग सहित हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको छ ।कोशी प्रदेशको एक-दुई स्थानमा भारी बर्षाको पनि सम्भावना रहेको छ।

आगामी २४ घण्टाका लागि चेतावनी तथा परामर्श

देशका मध्य तथा पश्चिम तराईका भू-भागहरूमा अत्याधिक गर्मी हुने सम्भावना यथावत् देखिन्छ । कोशी, बागमती र गण्डकी प्रदेशका पहाडी भू-भागका केही स्थानहरूमा, बाँकी पहाडी भू-भागका थोरै स्थानहरुमा र कोशी प्रदेशका तराईका भू-भागका एक-दुई स्थानमा मेघ-गर्जन/चट्याङ्गसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ । तसर्थ, अत्याधिक गर्मी, मेघ-गर्जन/चट्याङ्ग तथा वर्षाबाट हुन सक्ने जोखिम वा क्षतिबाट बच्न आवश्यक सतर्कता अपनाउन हुन विभागले अनुरोध गरेको छ ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !