५ जेष्ठ २०८१, शनिबार

यस्तो छ तीन दिनको देशभरको मौसम पूर्वानुमान


काठमाडौँ मौसम

काठमाडौँ, वैशाख ३ । जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाले देशभरको तीन दिनको मौसम पूर्वानुमान सार्वजनिक गरेको छ ।

मौसम विश्लेषण

हाल देशमा स्थानीय वायुको साथै पश्चिमी वायुको आंशिक प्रभाव रहेको छ ।

हाल मौसमको अवस्था

हाल बागमती प्रदेश र गण्डकी प्रदेशमा आँशिक देखि सामान्य बदली र बांकी भु-भागहरुमा आंशिक बदली देखी सामान्यतया सफा अवस्था रहेको छ ।

२०८० वैशाख ३ गते (आइतबार)

दिउँसो

देशका पहाडी भू-भागमा आंशिक देखि सामान्य बदली रही बाँकी भू-भागमा आंशिक बदली देखि सामान्यतया मौसम सफा रहने छ । कोशी प्रदेशको पहाडी भू-भागका थोरै स्थानहरूमा तथा देशका बाँकी पहाडी भू-भागका एक-दुई स्थानमा मेघ गर्जन/चट्याङ्गसहित हल्का/क्षणिक वर्षाको सम्भावना रहेको छ । तराईका थोरै स्थानहरूमा हावा-हुरीको सम्भावना रहेको छ ।

राती

देशका पहाडी भू-भागमा आंशिक बदली रही बाँकी भू-भागको मौसम सामान्यतया सफा रहने छ । कोशी प्रदेशको पहाडी भू-भागका एक-दुई स्थानमा मेघ गर्जन/चट्याङ्गसहित हल्का/क्षणिक वर्षाको सम्भावना रहेको छ ।

२०८० वैशाख ४ गते (सोमबार)

दिउँसो

देशका पहाडी भू-भागमा आंशिक बदली रही बाँकी भू-भागमा सामान्यतया मौसम सफा रहने छ । देशका गण्डकी र कर्णाली प्रदेशको पहाडी भू-भागका थोरै स्थानहरु र बाँकी पहाडी भु-भागका एक-दुई स्थानहरुमा मेघ गर्जन/चट्याङ्गसहित हल्का/क्षणिक वर्षाको सम्भावना रहेको छ । तराईका थोरै स्थानहरूमा हावा-हुरीको सम्भावना रहेको छ ।

राती

देशका पहाडी भू-भागमा आंशिक बदली रही बाँकी भू-भागको मौसम सामान्यतया सफा रहने छ ।

२०८० वैशाख ५ गते (मंगलबार)

दिउँसो

देशका पहाडी भू-भागमा आंशिकदेखि सामान्यतया बदली रही बाँकी भू-भागमा आंशिक बदली देखी सामान्यतया मौसम सफा रहने छ । कर्णाली र सुदूरपश्चिम प्रदेशको पहाडी भू-भागका एक-दुई स्थानहरुमा मेघ गर्जन/चट्याङ्गसहित हल्का/क्षणिक वर्षाको वर्षाको सम्भावना रहेको छ ।

राती

देशका पहाडी भू-भागमा आंशिक बदली रही बाँकी भू-भागको मौसम सामान्यतया सफा रहने छ । कर्णाली र सुदूरपश्चिम प्रदेशको पहाडी भू-भागका एक-दुई स्थानहरुमा मेघगर्जन/चट्याङ्ग सहित हल्का/क्षणिक वर्षाको वर्षाको सम्भावना रहेको छ ।

आगामी २४ घण्टाका लागि चेतावनी तथा परामर्श

कोशी प्रदेशका पहाडी भू-भागका थोरै स्थानहरु र बाँकी पहाडी भू-भागका एक-दुई स्थानमा मेघ गर्जन/चट्याङ्गसहित हल्का/क्षणिक वर्षाको सम्भावना रहेको छ । तराईका थोरै स्थानहरूमा हावा-हुरीको सम्भावना रहेको छ । नेपालमा वर्षाका गतिविधि कम भएसंगै डढेलोका घटनाहरुमा बढेसंगै प्रदुषण समेत वृद्दि भईरहेको छ । त्यसैले मेघगर्जन/चट्याङ्ग, हावाहुरी, डढेलो र प्रदुषणबाट हुन सक्ने क्षतिबाट बच्न आवश्यक सतर्कता अपनाउनु हुन विभागले अनुरोध गरेको छ ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !