७ बैशाख २०८१, शुक्रबार

यस्तो छ तीन दिनको देशभरको मौसम पूर्वानुमान


काठमाडौँ मौसम

काठमाडौँ, चैत १५ । जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाले देशभरको तीन दिनको मौसम पूर्वानुमान सार्वजनिक गरेको छ ।

मौसम विश्लेषण

हाल देशमा स्थानीय वायुसँगै पश्चिमी वायुको सामान्य प्रभाव रहेको छ ।

हाल मौसमको अवस्था

देशको पहाडी भू-भागहरूमा आँशिक बदली भई बाँकी भू-भागको मौसम सामान्यतया सफा रहेको छ ।

२०७९ चैत १५ गते (बुधबार)

दिउँसो

सुदूरपश्चिम प्रदेश लगायत देशका पहाडी भू-भागमा आंशिकदेखि सामान्य बदली रही बाँकी भू-भागमा आंशिक बदली देखि मौसम सामान्यतया सफा रहने छ । देशका पहाडी भू-भागका एक-दुई स्थानमा मेघगर्जन/चट्याङ्गसहित हल्का वर्षाको सम्भावना रहेको छ ।

राती

कोशी, गण्डकी र कर्णाली प्रदेशका पहाडी भू-भागमा आंशिक बदली रही देशका बाँकी भू-भागमा आंशिक बदली देखि मौसम सामान्यतया सफा रहने छ । कोशी, बागमती र गण्डकी प्रदेशका पहाडी भू-भागका एक-दुई स्थानमा मेघगर्जन/चट्याङ्ग सहित हल्का वर्षाको सम्भावना रहेको छ ।

२०७९ चैत १६ गते (बिहीबार)

दिउँसो

गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका साथै कोशी र बागमती प्रदेशका पहाडी भू-भागमा आंशिकदेखि सामान्य बदली रही बाँकी भू-भागमा मौसम सामान्यतया सफा रहने छ । देशका पहाडी भू-भागका थोरै स्थानहरुमा मेघगर्जन/चट्याङ्गसहित हल्का वर्षाको सम्भावना रहेको छ ।

राती

कर्णाली र सुदूरपश्चिम सहित गण्डकी र लुम्बिनी प्रदेशका पहाडी भू-भागमा सामान्य बदली रही अन्य भू-भागमा आंशिक बदलीदेखि मौसम सामान्यतया सफा रहने छ । देशका पहाडी भू-भागका साथै सुदूरपश्चिम र लुम्बिनी प्रदेशका तराईका एक-दुई स्थानमा मेघगर्जन/चट्याङ्गसहित हल्का वर्षाको सम्भावना रहेको छ ।

२०७९ चैत १७ गते (शुक्रबार)

दिउँसो

गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशमा सामान्य बदली रही देशका बाँकी पहाडी भू-भागमा आंशिकदेखि सामान्य बदली तथा बाँकी तराईका भू-भागमा आंशिक बदलीदेखि मौसम सामान्यतया सफा रहने छ । गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका पहाडी भू-भागका थोरै स्थानहरुमा मेघगर्जन/चट्याङ्गसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहनुका साथै देशका बाँकी भू-भागका एक-दुई स्थानमा मेघगर्जन/चट्याङ्गसहित हल्का वर्षाको सम्भावना रहेको छ ।

राती

देशभर आंशिकदेखि सामान्य बदली रहने छ । कोशी र मधेश प्रदेशसहित देशका पहाडी भू-भागका थोरै स्थानहरूमा तथा बाँकी तराईका एक-दुई स्थानमा मेघगर्जन/चट्याङ्गसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ ।

आगामी २४ घण्टाका लागि चेतावनी तथा परामर्श

देशका पहाडी भू-भागका एक-दुई स्थानमा मेघगर्जन/चट्याङ्गसहित हल्का वर्षाको सम्भावना रहेको हुनाले मेघगर्जन /चट्याङ्ग तथा हावाहुरीबाट क्षति हुन नदिन आवश्यक सतर्कता अपनाउनु हुन विभागले अनुरोध गरेको छ ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !