काठमाडौँ, चैत ६ । जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाले देशभरको तीन दिनको मौसम पूर्वानुमान सार्वजनिक गरेको छ ।
मौसम विश्लेषण
हाल देशमा स्थानीय वायुसँगै पश्चिमी वायुको सामान्य प्रभाव रहेको छ ।
हाल मौसमको अवस्था
हाल देशभर आँशिक देखि सामान्य बदली रही बागमती, गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका थोरै स्थानहरूमा मेघ गर्जन/चट्याङ सहित वर्षा भइरहेको छ ।
२०७९ चैत ६ गते (सोमबार)
दिउँसो
देशभर सामान्यदेखि पूर्ण बदली रहने छ । बागमती, गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेशका पहाडी भू-भागका केही स्थानहरुमा तथा बाँकी भू-भागका थोरै स्थानहरूमा मेघगर्जन/चट्याङ्ग सहित क्षणिक/हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको छ ।
राती
देशभर आँशिकदेखि सामान्य बदली रहने छ । देशको पहाडी भू-भागका केही स्थानहरूमा तथा तराई भू-भागका थोरै स्थानहरुमा मेघगर्जन/चट्याङ्गसहित क्षणिक/हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको छ ।
२०७९ चैत ७ गते (मंगलबार)
दिउँसो
देशभर सामान्य देखि पूर्ण बदली रहने छ । कोशी र बागमती प्रदेशका केही स्थानहरूमा तथा बाँकी प्रदेशका थोरै स्थानहरूमा मेघगर्जन/चट्याङ्गसहित क्षणिक/हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ ।
राती
देशभर आँशिकदेखि सामान्य बदली रहने छ । देशको पहाडी भू-भागका केही स्थानहरूमा तथा तराई भू-भागका थोरै स्थानहरूमा मेघगर्जन/चट्याङ्गसहित क्षणिक/हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ ।
२०७९ चैत ८ गते (बुधवार)

आगामी २४ घण्टाका लागि चेतावनी तथा परामर्श
बागमती, गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेशका पहाडी भू-भागका केही स्थानहरुमा तथा बाँकी भू-भागका थोरै स्थानहरूमा मेघ गर्जन/चट्याङ्गसहित क्षणिक/हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको हुनाले मेघगर्जन/चट्याङ्ग तथा हावा-हुरीबाट क्षति हुन नदिन आवश्यक सतर्कता अपनाउनु हुन विभागले अनुरोध गरेको छ ।