काठमाडौँ, फागुन ४ । जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाले देशभरको तीन दिनको मौसम पूर्वानुमान सार्वजनिक गरेको छ ।
मौसम विश्लेषण
हाल देशमा कुनै उल्लेखनीय मौसमी प्रणालीको प्रभाव छैन ।
हाल मौसमको अवस्था
प्रदेश नं १ लगायत बागमती र गण्डकी प्रदेशको पहाडी भू-भागमा मा आन्शिक देखि सामान्य बदली रहेको छ ।
२०७९ फागुन ४ गते (बिहीबार)
दिउँसो
प्रदेश नं. १ को पहाडी भू-भागमा आंशिक बदली तथा बाँकी भू-भागमा मौसम सामान्यतया सफा रहनेछ ।
राती
सुदूरपश्चिम प्रदेश र कर्णाली प्रदेश लगायत प्रदेश नं १ को पहाडी भू-भागमा आंशिक बदली तथा बाँकी भू-भागमा मौसम सामान्यतया सफा रहनेछ ।
२०७९ फागुन ५ गते (शुक्रबार)
दिउँसो
प्रदेश नं १ को पहाडी भू-भागमा आंशिक देखि सामान्य बदली तथा बाँकी भू-भागहरूमा मौसम सामान्यतया सफा रहनेछ । प्रदेश नं १ को उच्च पहाडी तथा हिमाली भू-भागका एक वा दूई स्थानमा हल्का हिमपातको सम्भावना रहेको छ ।
राती
प्रदेश नं १ को पहाडी भू-भागमा आंशिक देखि सामान्य बदली तथा बाँकी भू-भागहरूमा मौसम सामान्यतया सफा रहनेछ । प्रदेश नं १ को उच्च पहाडी तथा हिमाली भू-भागका एक वा दूई स्थानमा हल्का हिमपातको सम्भावना रहेको छ ।
२०७९ फागुन ६ गते (शनिबार)
दिउँसो
प्रदेश नं १, बागमती प्रदेश र गण्डकी प्रदेशको पहाडी भू-भागमा आंशिक देखि सामान्य बदली तथा बाँकी भू-भागहरूमा मौसम सामान्यतया सफा रहनेछ । प्रदेश नं १ को उच्च पहाडी तथा हिमाली भू-भागका एक वा दूई स्थानमा हल्का हिमपातको सम्भावना रहेको छ ।
राती
देशको पहाडी भू-भागमा आंशिक बदली तथा बाँकी भू-भागहरूमा मौसम सामान्यतया सफा रहनेछ । देशको उच्च पहाडी तथा हिमाली भू-भागका एक वा दूई स्थानमा हल्का हिमपातको सम्भावना रहेको छ ।
आगामी २४ घण्टाका लागि चेतावनी तथा परामर्श
तराईका थोरै भू-भागमा बिहानी पख हुस्सु/कुहिरो लाग्ने सम्भावना रहेको छ । मौसम सूचना तथा पूर्वानुमान अद्यावधिक रहन विभागले अनुरोध गरेको छ ।