६ जेष्ठ २०८१, आइतबार

यस्तो छ तीन दिनको देशभरको मौसम पूर्वानुमान


काठमाडौँ मौसम

काठमाडौँ, पुस ७ । जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाले देशभरको तीन दिनको मौसम पूर्वानुमान सार्वजनिक गरेको छ ।

मौसम विश्लेषण

हाल नेपालको पुर्वी भुभागमा पश्चिमी न्यून चापीय प्रणालीको आंशिक प्रभाव रहेको छ ।

हाल मौसमको अवस्था

हाल प्रदेश १, वागमती र गण्डकी प्रदेशको पहाडी भू-भागमा आंशिक बदली रही तराईका थोरै भू-भागमा हुस्सु/कुहिरो रहेको छ ।

२०७९ पुस ७ गते (बिहीबार)

दिउँसो

प्रदेश १ र गण्डकी प्रदेशको पहाडी भू-भागमा आंशिक बदली रही बाँकी भू-भागमा मौसम सामान्यतया सफा रहनेछ ।

राती

प्रदेश १ को पहाडी भूभागमा आंशिक बदली रही बाँकी भू-भागमा मौसम सामान्यतया सफा रहनेछ ।

२०७९ पुस ८ गते (शुक्रबार)

दिउँसो

देशका पहाडी भूभागमा आंशिक बदली रही बाँकी भू-भागमा मौसम सामान्यतया सफा रहनेछ।

राती

प्रदेश १, गण्डकी प्रदेश र लुम्बिनी प्रदेशमा आंशिक बदली रही बाँकी भू-भागमा मौसम सामान्यतया सफा रहनेछ ।

२०७९ पुस ९ गते (शनिवार)

दिउँसो

देशका पहाडी भू-भागमा आंशिक देखि सामान्य बदली र बाँकी भू-भागमा आंशिक बदली रहनेछ । प्रदेश न १, गण्डकी र कर्णाली प्रदेशका एक दुई स्थानमा हल्का वर्षाको सम्भावना छ । प्रदेश न १, गण्डकी प्रदेश र कर्णाली प्रदेशका हिमाली भूभागका थोरै स्थानमा हल्का हिमपातको सम्भावना छ ।

राती

देशका पहाडी भूभागमा आंशिक बदली रही बाँकी भू-भागमा मौसम सामान्यतया सफा रहनेछ । प्रदेश न १ का एक दुई स्थानमा हल्का बर्षाको सम्भावना छ ।

आगामी २४ घण्टाका लागि चेतावनी तथा परामर्श

तराईका केही भू-भागमा बिहानीपख हुस्सु/कुहिरो लाग्ने र देशका अधिकांश भू-भागमा तापक्रम क्रमिक रूपमा घट्दै जाने सम्भावना रहेको हुनाले आवश्यक सावधानी अपनाउन विभागले अनुरोध गरेको छ ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !