काठमाडौँ, कार्तिक ८ । जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाले आजको मौसम पूर्वानुमान सार्वजनिक गरेको छ ।
मौसम विश्लेषण
हाल देशमा पश्चिमी वायुको सामान्य प्रभाव रहेको छ ।
हाल मौसमको अवस्था
हाल देशका पहाडी भूभागहरुमा आंशिक वदली रही बाँकी भूभागहरुमा मौसम सामान्यता सफा रहेको छ ।
दिउँसो
प्रदेश १ मा आंशिक देखि सामान्य बदली तथा बागमती र गण्डकी प्रदेशका पहाडी भूभागहरुमा आंशिक वदली रही बाँकी प्रदेशहरूमा मौसम सामान्यतया सफा रहनेछ । प्रदेश १, बागमती प्रदेश र गण्डकी प्रदेशका पहाडी भू-भागका एक-दुई स्थानमा हल्का वर्षाको सम्भावना रहेको छ ।
राती
प्रदेश १ र वागमती प्रदेशमा आंशिक देखि सामान्य बदली तथा गण्डकी प्रदेश र लुम्बिनी प्रदेशका पहाडी भूभागहरुमा आंशिक वदली रही बाँकी प्रदेशहरूमा मौसम सामान्यतया सफा रहनेछ । प्रदेश १ का थोरै स्थानहरु र बागमती प्रदेश र गण्डकी प्रदेशका पहाडी भू-भागका एक-दुई स्थानमा हल्का वर्षाको सम्भावना रहेको छ ।
आगामी २४ घण्टाका लागि चेतावनी तथा परामर्श
उल्लेखनीय चेतावनी छैन ।