१४ आश्विन २०८१, सोमबार

कास्कीको लुम्ले र जुमलेटीमा भारी वर्षा, आकस्मिक बाढीपहिरोको जोखिम


मौसम

काठमाडौं । कास्कीको लुम्ले र जुमलेटीमा भारी वर्षा भएको छ । जल तथा मौसम विज्ञान विभागको बाढी सूचना केन्द्रले आज बिहान ३ बजे सूचना जारी गर्दै उक्त क्षेत्रमा पछिल्लो ६ घण्टामा अति भारी वर्षामापन भएको जानकारी दिएको छ ।

मौसम विभागको बाढी पूर्वानुमान महाशाखाले आसपासका साना खोलामा आकस्मिक बाढी आउन सक्ने चेतावनी दिइएको छ भने कमजोर तथा भिरालो जमीनमा पहिरो जान सक्ने भएकाले बिहान ९ बजे सम्मै उच्च सतर्कता अपनाउन आग्रह गरेको छ ।

बाढी सूचना केन्द्रका अनुसार सो स्थानमा पछिल्लो चौबिस घण्टामा १७१.५ मिलिमिटर वर्षा मापन भएको छ । २४ घण्टामा १४० मिलिमिटरसम्म वर्षा मापन भएमा बाढीपहिरोको जोखिमको खतरा हुन्छ ।

मनसुनी वायु सक्रिय भएसँगै वर्षा हुने क्रम बढेको छ । मौसम पूर्वानुमान महाशाखाका अनुसार आज देशभरका पहाडी क्षेत्रका धेरै स्थानमा वर्षाको सम्भावना छ । सुदूरपश्चिम बाहेकका प्रदेशका केही क्षेत्रमा भारी वर्षाको पनि आकलन गरिएको छ ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !