५ जेष्ठ २०८१, शनिबार

२०७९ जेठ १६ गते आइतबार देशभर आजको मौसम पूर्वानुमान


मौसम पूर्वानुमान

काठमाडौँ, जेठ १६ । जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाले आजको मौसम पूर्वानुमान सार्वजनिक गरेको छ ।

मौसम विश्लेषण

हाल नेपालमा स्थानीय वायु, भारतको उत्तर प्रदेश, विहार आसपास रहेको न्यून चापीय रेखा र पश्चिमी वायुको प्रभाव रहेको छ ।

हाल मौसमको अवस्था

हाल देशको प्रदेश १ र मधेस प्रदेशमा आंशिक देखि सामान्य बदली रही अन्य भू-भागमा आंशिक बदली रहेको छ । प्रदेश १ र मधेस प्रदेशका एक-दुई स्थानहरूमा मेघ गर्जन/चट्याङ्गसहित हल्का वर्षा भइरहेको छ ।

दिउँसो

प्रदेश १, मधेश प्रदेश, बागमती प्रदेश र गण्डकी प्रदेशमा आंशिकदेखि सामान्य बदली रही बाँकी भू-भागमा आंशिक बदलीदेखि मौसम सामान्यतया सफा रहनेछ । प्रदेश १, मधेश प्रदेश, बागमती प्रदेश र गण्डकी प्रदेशका थोरै स्थानहरुमा र बाँकी भू-भागका एक-दुई स्थानहरूमा मेघगर्जन/चट्याङ्ग र हावाहुरी सहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ ।

राती

प्रदेश १, मधेश प्रदेश, बागमती प्रदेश र गण्डकी प्रदेशमा आंशिकदेखि सामान्य बदली रही बाँकी भू-भागमा आंशिक बदली देखि मौसम सामान्यतया सफा रहनेछ । मधेश प्रदेशका थोरै भू-भागमा हल्का देखि मध्यम वर्षाको र प्रदेश १, बागमती र गण्डकी प्रदेशका एक- दुई स्थानमा मेघगर्जन/चट्याङ्ग र हावाहुरीसहित हल्का वर्षाको सम्भावना रहेको छ ।

आगामी २४ घण्टाका लागि चेतावनी तथा परामर्श

प्रदेश १, मधेश प्रदेश, बागमती प्रदेश र गण्डकी प्रदेश लगायत देशका पहाडी भू-भागका केही स्थानहरुमा मेघगर्जन/चट्याङ्ग र हावाहुरीसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेकोले आवश्यक सतर्कता अपनाउन हुन सबैमा विभागले अनुरोध गरेको छ ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !