८ पुस २०८१, सोमबार

मेघ गर्जन-चट्याङसहित हल्का वर्षाको सम्भावना


मेघ गर्जन/चट्टयाङ्/हावाहुरी सहित वर्षाको सम्भावना मौसम

काठमाडौँ । हाल नेपालमा पश्चिमी वायुका साथै स्थानीय वायुको सामान्य प्रभाव रहेको छ । उक्त मौसमी प्रणालीको प्रभावले देशका पहाडी भू-भागमा आंशिकदेखि सामान्य बदली रही अन्य भेगमा सामान्यतया मौसम सफा रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

दिउँसो देशका पहाडी भू-भागमा आंशिकदेखि सामान्य बदली रही बाँकी भू-भागमा आंशिक बदली रहनेछ । देशका पहाडी भू-भागका केही स्थानमा मेघ गर्जन-चट्याङसहित हल्का वर्षाको सम्भावना रहेको छ । रातिको समयमा देशका पहाडी भू-भागमा आंशिकदेखि सामान्य बदली रही देशका बाँकी भू-भागमा आंशिक बदली रहने छ ।

देशका पहाडी भू-भागका केही स्थानमा मेघ गर्जन-चट्याङसहित हल्का वर्षाको सम्भावना रहेको छ । आज बिहान काठमाडौँमा हल्का वर्षा भएको छ । उपत्यकाको आकाश बिहानैदेखि बदली रहेको छ । काठमाडौँको अधिकतम तापक्रम ३१ दशमलव चार र न्यूनतम तापक्रम १७ दशमलव आठ डिग्री सेल्सियस रहेको छ ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !