काठमाडौँ, चैत ५ । जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाले आजको मौसम पूर्वानुमान सार्वजनिक गरेको छ ।
मौसम विश्लेषण
हाल देशमा उल्लेखनिय मौसमी प्राणाली छैन ।
हाल मौसमको अवस्था
देशका पहाडी भू-भागमा आंशिक बदली र अन्य भू-भागमा मौसम सामान्यतया सफा रहेको छ ।
२०७८ चैत्र ५ गते (शनिबार)
दिउँसो
देशको पहाडी भू-भागमा आंशिक बदली र अन्य भू-भागमा मौसम सामान्यतया सफा रहने छ । देशका पहाडी भू-भागका एक वा दुई स्थानमा मेगगर्जन/चट्याङ्ग सहित हल्का वर्षाको सम्भावना छ ।
राती
देशको पहाडी भू-भागमा आंशिक बदली र अन्य भू-भागमा मौसम सामान्यतया सफा रहने छ । प्रदेश १ को पहाडी भू-भागको एक-दुई स्थानमा हल्का वर्षाको सम्भावना रहेको छ ।
२०७८ चैत्र ६ गते (आईतबार)
दिउँसो
सुदुर पश्चिम, कर्णाली र गण्डकी प्रदेश लगायत बाँकी प्रदेशको पहाडी भू-भागमा आंशिक देखि सामान्य बदली र अन्य भू-भागमा आंशिक बदली रहने छ । देशका पहाडी भू-भागका थोरै स्थानहरुमा मेगगर्जन/चट्याङ्ग सहित हल्का वर्षाको सम्भावना छ ।
राती
देशको पहाडी भू-भागमा आंशिक देखि सामान्य बदली र अन्य भू-भागमा आंशिक बदली रहने छ । देशका पहाडी भू-भागका एक/दुई स्थानमा मेगगर्जन/चट्याङ्ग सहित हल्का वर्षाको सम्भावना छ ।
२०७८ चैत्र ७ गते (सोमबार)
दिउँसो
पहाडी भू-भागमा आंशिक बदली रही अन्य भू-भागमा सामान्यतया सफा रहने छ । देशका पहाडी भू-भागका एक-दुई स्थानहरुमा मेगगर्जन/चट्याङ्ग सहित हल्का वर्षाको सम्भावना छ ।
राती
देशको पहाडी भू-भागमा आंशिक बदली र अन्य भू-भागमा मौसम सामान्यतया सफा रहने छ । प्रदेश १ को पहाडी भू-भागको एक-दुई स्थानमा हल्का वर्षाको सम्भावना रहेको छ ।
आगामी २४ घण्टाका लागि चेतावनी तथा परामर्श
देशभर तापक्रम बढ्ने क्रममा रहेकोले गर्मीका कारण हुन सक्ने असरबाट बच्न आवश्यक सतर्कता अपनाउन हुन विभागले अनुरोध गरेको छ ।