काठमाडौँ, फागुन २४ । जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाले तीन दिनको मौसम पूर्वानुमान सार्वजनिक गरेको छ ।
मौसम विश्लेषण
हाल देशमा उल्लेखनीय मौसमी प्रणाली छैन ।
हाल मौसमको अवस्था
देशको पहाडी भुभागमा आंशिक बदली रहि बाँकी भुभागमा मौसम सामान्यतया सफा रहेको छ ।
२०७८ फागुन २४ गते (मंगलबार)
दिउँसो
देशको पहाडी तथा हिमाली भू-भागमा आंशिक देखि सामान्य बदली रही बाँकी भू-भागमा आंशिक बदली देखि मौसम सामान्यतया सफा रहने छ । सुदूर पश्चिम, गण्डकी र प्रदेश १ को पहाडी भू-भागका एक वा दुई स्थानमा हल्का वर्षाको सम्भावना रहेको छ ।
राती
देशभर आंशिक बदली देखि मौसम सामान्यतया सफा रहने छ ।
२०७८ फागुन २५ गते (बुधबार)
दिउँसो
देशको पहाडी तथा हिमाली भू-भागमा आंशिक बदली रही बाँकी भू-भागमा मौसम सामान्यतया सफा रहने छ ।
राती
देशको सुदूर पश्चिम, लुम्बिनी, कर्णाली र गण्डकी प्रदेशमा आंशिक बदली रही अन्य भू-भागमा मौसम सामान्यतया सफा रहने छ ।
२०७८ फागुन २६ गते (बिहिबार)
दिउँसो
देशको पहाडी तथा हिमाली भू-भागमा आंशिक देखि सामान्य बदली रही बाँकी भू-भागमा मौसम सामान्यतया सफा रहने छ । सुदूर पश्चिम, कर्णाली र गण्डकी प्रदेशका पहाडी भुभागका एक दुई स्थानमा हल्का वर्षाको सम्भावना रहेको छ ।
राती
देशको पहाडी भुभागमा आंशिक बदली रही बाँकी भू-भागमा मौसम सामान्यतया सफा रहने छ ।
आगामी २४ घण्टाका लागि चेतावनी तथा परामर्श
देशभर तापक्रम बढ्ने क्रममा रहेकोले विशेष गरी तराई र चुरे क्षेत्रमा गर्मीबाट बच्नको लागि आवश्यक सतर्कता अपनाउन हुन विभागले अनुरोध गरेको छ ।