२२ कार्तिक २०८१, बिहीबार

यस्तो छ देशभरको तीन दिनको मौसम पूर्वानुमान


मौसम

काठमाडौँ, फागुन २२ । जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाले तीन दिनको मौसम पूर्वानुमान सार्वजनिक गरेको छ ।

मौसम विश्लेषण

हाल देशमा उल्लेखनीय मौसमी प्रणाली छैन ।

हाल मौसमको अवस्था

देशको पहाडी तथा हिमाली भू-भागमा आंशिक बदली रही बाँकी भू-भागहरूमा मौसम सामान्यतया सफा रहेको छ ।

२०७८ फागुन २२ गते (आईतबार)

दिउँसो

देशको सुदूरपश्चिम, कर्णाली, लुम्बिनी र प्रदेश १ मा आंशिक बदली रही बाँकी भू-भागमा मौसम सामान्यतया सफा रहने छ ।

राती

देशको सुदूरपश्चिम, कर्णाली, लुम्बिनी र गण्डकी प्रदेशमा आंशिक देखि सामान्य बदली रही बाँकी भू-भागमा मौसम सामान्यतया सफा रहने छ ।

२०७८ फागुन २३ गते (सोमबार)

दिउँसो

देशको सुदूरपश्चिम, कर्णाली प्रदेशका उच्च पहाडी तथा हिमाली भू-भागमा आंशिक देखि सामान्य बदली रही अन्य प्रदेशका पहाडी भू-भागमा आंशिक बदली रही बाँकी भू-भागमा मौसम सामान्यतया सफा रहने छ । साथै गण्डकी र सुदुर पश्चिम प्रदेशका उच्च पहाडी तथा हिमाली भू-भागका एक वा दुई स्थानमा हल्का हिमपातको संभावना छ ।

राती

देशको सुदूरपश्चिम, कर्णाली प्रदेशमा आंशिक देखि सामान्य बदली रही अन्य प्रदेशका पहाडी भू-भागमा आंशिक बदली रहने छ भने बाँकी भू-भागमा मौसम सामान्यतया सफा रहने छ । साथै गण्डकी प्रदेशको उच्च पहाडी तथा हिमाली भू-भागका एक वा दुई स्थानमा हल्का हिमपातको सम्भावना छ ।

२०७८ फागुन २४ गते (मंगलबार)

दिउँसो

देशको सुदूरपश्चिम, कर्णाली, लुम्बिनी र बाग्मती प्रदेशमा आंशिक बदली रही बाँकी अन्य भू-भागमा मौसम सामान्यतया सफा रहने छ । साथै कर्णाली र लुम्बिनी प्रदेशका पहाडी भू-भागका एक वा दुई स्थानमा हल्का मेघ गर्जन/चट्याङ्ग सहित वर्षाको सम्भावना रही गण्डकी र प्रदेश १ को उच्च पहाडी तथा हिमाली भू-भागका एक वा दुई स्थानमा हल्का हिमपातको सम्भावना रहेको छ ।

राती

देशको सुदूरपश्चिम र कर्णाली प्रदेशमा आंशिक बदली रही बाँकी अन्य भू-भागमा मौसम सामान्यतया सफा रहने छ । साथै बागमती र प्रदेश १ को उच्च पहाडी तथा हिमाली भू-भागका एक वा दुई स्थानमा हल्का हिमपातको सम्भावना रहेको छ ।

आगामी २४ घण्टाका लागि चेतावनी तथा परामर्श

देशभर तापक्रम बढ्ने क्रममा रहेकोले विशेष गरी तराई र चुरे क्षेत्रमा गर्मीबाट बच्नको लागि आवश्यक सतर्कता अपनाउन हुन विभागले अनुरोध गरेको छ ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !