३ असार २०८१, सोमबार

२०७८ साल फागुन २२ गते आइतबार देशभर आजको मौसम पूर्वानुमान


मौसम पूर्वानुमान

काठमाडौँ, फागुन २२ । जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाले आजको मौसम पूर्वानुमान सार्वजनिक गरेको छ ।

मौसम विश्लेषण

हाल देशमा उल्लेखनीय मौसमी प्रणाली छैन ।

हाल मौसमको अवस्था

देशको पहाडी तथा हिमाली भू-भागमा आंशिक बदली रही बाँकी भू-भागहरूमा मौसम सामान्यतया सफा रहेको छ ।

दिउँसो

देशको सुदूरपश्चिम, कर्णाली, लुम्बिनी र प्रदेश १ मा आंशिक बदली रही बाँकी भू-भागमा मौसम सामान्यतया सफा रहने छ ।

राती

देशको सुदूरपश्चिम, कर्णाली, लुम्बिनी र गण्डकी प्रदेशमा आंशिक देखि सामान्य बदली रही बाँकी भू-भागमा मौसम सामान्यतया सफा रहने छ ।

आगामी २४ घण्टाका लागि चेतावनी तथा परामर्श

देशभर तापक्रम बढ्ने क्रममा रहेकोले विशेष गरी तराई र चुरे क्षेत्रमा गर्मीबाट बच्नको लागि आवश्यक सतर्कता अपनाउन हुन विभागले अनुरोध गरेको छ ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !