९ मंसिर २०८१, आइतबार

यस्तो छ देशभरको तीन दिनको मौसम पूर्वानुमान


मौसम

काठमाडौँ, फागुन १४ । जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाले तीन दिनको मौसम पूर्वानुमान सार्वजनिक गरेको छ ।

मौसम विश्लेषण

हाल देशमा पश्चिमी न्यून चापीय प्रणालीको सामान्य प्रभाव रहेको छ ।

हाल मौसमको अवस्था

सुदूर पश्चिम र कर्णाली प्रदेशका भू-भागमा सामान्य बदली र बाकी भू-भागमा आंशिक बदली रहेको छ ।

२०७८ फागुन १४ गते (शनिबार)

दिउँसो

देशको सुदूर पश्चिम, कर्णाली, लुम्बिनी, र गण्डकी प्रदेशमा सामान्य बदली तथा अन्य भू-भागमा आंशिक बदली रहनेछ । सुदूर पश्चिम, कर्णाली, लुम्बिनी, गण्डकी, प्रदेशका केही स्थानहरुमा तथा बागमती र प्रदेश १ का पहाडी भू-भागका थोरै स्थानहरूमा मेघ गर्जन/चट्याङ्ग/असिना सहित हल्का वर्षाको सम्भावना रहेको छ । देशको उच्च पहाडी र हिमाली भू-भागका केही स्थानहरूमा हल्का देखि मध्यम हिमपातको सम्भावना रहेको छ ।

राती

देशको सुदूर पश्चिम, कर्णाली, लुम्बिनी, र गण्डकी प्रदेशमा लगायत बागमती र प्रदेश १ का पहाडी भू-भागमा आंशिक देखि सामान्य बदली तथा अन्य भू-भागमा आंशिक बदली रहनेछ । सुदूर पश्चिम प्रदेश र कर्णाली प्रदेशको पहाडी भू-भागका केही स्थानहरुमा मेघ गर्जन/चट्याङ्ग/हावाहुरी सहित हल्का वर्षाको सम्भावना रहेको छ । सुदूर पश्चिम, कर्णाली र गण्डकी प्रदेश का उच्च पहाडी र हिमाली भू-भागका केही स्थानहरुमा हल्का हिमपातको सम्भावना रहेको छ ।

२०७८ फागुन १५ गते (आईतबार)

दिउँसो

देशको पहाडी भू-भागमा आंशिक देखि सामान्य बदली तथा अन्य भू-भागमा आंशिक बदली रहनेछ । देशका पहाडी भू-भागमा थोरै स्थानहरूमा मेघ गर्जन/चट्याङ्ग/हावाहुरी सहित हल्का वर्षाको सम्भावना रहेको छ । देशको उच्च पहाडी र हिमाली भू-भागका थोरै स्थानहरूमा हल्का हिमपातको सम्भावना रहेको छ ।

राती

देशको पहाडी भू-भागमा आंशिक देखि सामान्य बदली तथा अन्य भू-भागमा मौसम सामान्यतया सफा रहनेछ । देशको उच्च पहाडी र हिमाली भू-भागका थोरै स्थानहरूमा हल्का हिमपातको सम्भावना रहेको छ ।

२०७८ फागुन १६ गते (सोमबार)

दिउँसो

देशको पहाडी भू-भागमा आंशिक बदली तथा अन्य भू-भागमा मौसम सामान्यतया सफा रहनेछ । देशका पहाडी भू-भाग एक वा दुई स्थानमा मेघ गर्जन/चट्याङ्ग सहित हल्का वर्षाको सम्भावना रहेको छ ।

राती

देशको पहाडी भू-भागमा आंशिक बदली तथा अन्य भू-भागमा मौसम सामान्यतया सफा रहनेछ ।

आगामी २४ घण्टाका लागि चेतावनी तथा परामर्श

सुदूर पश्चिम, कर्णाली, लुम्बिनी, गण्डकी, प्रदेशका केही स्थानहरुमा तथा बागमती र प्रदेश १ का पहाडी भू-भागका थोरै स्थानहरूमा मेघ गर्जन/चट्याङ्ग/असिना सहित हल्का वर्षाको सम्भावना रहेको र देशको उच्च पहाडी र हिमाली भू-भागका केही स्थानहरूमा हल्का देखि मध्यम हिमपातको सम्भावना रहेकोले त्यसको प्रभावहरूबाट जोगिन आवश्यक सुरक्षा तथा सतर्कता अपनाउनु हुन विभागले अनुरोध गरेको छ ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !