६ जेष्ठ २०८१, आइतबार

हिमपातले दशरथचन्द राजमार्ग अवरूद्ध


photo : RSS

काठमाडौं । बैतडीको दशरथचन्द राजमार्गअन्तर्गत देहिमाण्डौ क्षेत्रमा सडकमा हिउँ जमेको छ । हिमपातले गर्दा राजमार्गहरू अवरूद्ध भएका छन् ।

स्रोतका अनुसार हनुमानध्वज गुल्ममा कार्यरत नेपाली सेनाको टोलीले हिउँ हटाउने काम गरेका छन् । यस्तै जुम्लामा भारी हिमपात भएको छ । जुम्लाबाट चल्ने लामो दूरीमा सवारीसाधन हिमपातले गर्दा चल्न सकेका छैनन् ।

हिमपातले रुकुम-बागलुङ हुँदै पोखरा जोड्ने लोकमार्ग अवरुद्ध भएको छ । रुकुम पूर्वका प्रहरी प्रमुख डिएसपी गणेश श्रेष्ठका अनुसार भारी हिमपातपछि बिहीबारदेखि लोकमार्ग अबरुद्ध भएको हो ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !