७ जेष्ठ २०८१, सोमबार

यस्तो छ तीन दिनको देशभरको मौसम पूर्वानुमान


मौसम

काठमाडौँ, पुस २० । जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाले तीन दिनको मौसम पूर्वानुमान सार्वजनिक गरेको छ ।

मौसम विश्लेषण

हाल देशमा पश्चिमी वायुको सामान्य प्रभाव रहेको छ ।

हाल मौसमको अवस्था

हाल देशभर मौसम सामान्यतया सफा रहेको छ । साथै तराईका धेरैजसो भू-भागहरूमा हुस्सु/कुहिरो लागेको छ ।

२०७८ पौष २० गते (मंगलबार)

दिउँसो

सुदूर पश्चिम प्रदेश, कर्णाली प्रदेश र प्रदेश १मा आंशिक देखि सामान्य बदली रही बाँकि भू-भागहरुमा आँशिक बदली रहने छ ।

राती

सुदुर पश्चिम प्रदेश, कर्णाली, लुम्बिनी तथा गण्डकी प्रदेशहरूमा आंशिक देखि सामान्य बदली रही बाँकी भू-भागहरुमा आँशिक बदली रहने छ । सुदूर पश्चिम प्रदेशका उच्च पहाडी तथा हिमाली भू-भागमा हल्का हिमपातको सम्भावना रहेको छ ।

२०७८ पौष २१ गते (बुधबार)

दिउँसो

सुदूर पश्चिम, कर्णाली, लुम्बिनी तथा गण्डकी प्रदेशहरूमा आंशिक देखि सामान्य बदली रही बाँकी भू-भागहरुमा आँशिक बदली रहने छ । सुदूर पश्चिम तथा कर्णाली प्रदेशका उच्च पहाडी तथा हिमाली भूभागमा हल्का हिमपातको सम्भावना रहेको छ ।

राती

प्रदेश १ मा आँशिक बदली रही बाँकी प्रदेशहरुमा आंशिक देखि सामान्य बदली रही रहने छ । सुदूर पश्चिम तथा कर्णाली प्रदेशका उच्च पहाडी तथा हिमाली भूभागमा हल्का हिमपातको सम्भावना र सुदूर पश्चिम, कर्णाली तथा गण्डकी प्रदेशका पहाडी भूभागमा हल्का वर्षाको सम्भावना रहेको छ ।

२०७८ पौष २२ गते (बिहीबार)

दिउँसो

देशभर आंशिक देखि सामान्य बदली रहने छ । देशका पहाडी भू-भागमा हल्का वर्षाको साथै उच्च पहाडी तथा हिमाली भू-भागमा हल्का हिमपातको सम्भावना रहेको छ ।

राती

देशभर आंशिक देखि सामान्य बदली रहने छ । देशका पहाडी भू-भागमा हल्का वर्षाको साथै उच्च पहाडी तथा हिमाली भू-भागमा हल्का हिमपातको सम्भावना रहेको छ ।

आगामी २४ घण्टाका लागि चेतावनी तथा परामर्श

सुदूर पश्चिम प्रदेशका उच्च पहाडी तथा हिमाली भू-भागमा हल्का हिमपातको सम्भावना रहेकाले यसबाट पर्न सक्ने प्रभावबाट बच्न, सुरक्षित र सतर्क रहन उक्त क्षेत्रका सबैमा अनुरोध छ ।

बिहानको समयमा उपत्यका लगायत तराईका जिल्लाहरूमा बाक्लो हुस्सु/कुहिरो समेत लाग्ने सम्भावना रहेकोले चिसोबाट बच्न आवश्यक सतर्कता अपनाउन हुन अनुरोध छ ।

साथै आगामी दिनहरूमा मौसममा हुने परिवर्तनबारे जानकारी लिई मौसम पूर्वानुमान सम्बन्धि सूचनामा अध्यावधिक रहन समेत विभागले अनुरोध गरेको छ ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !