२० पुस २०८१, शनिबार

यस्तो छ तीन दिनको देशभरको मौसम पूर्वानुमान

मौसम

काठमाडौँ, पुस १२ । जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाले तीन दिनको मौसम पूर्वानुमान सार्वजनिक गरेको छ ।

मौसम विश्लेषण

हाल देशमा पश्चिमी वायुको प्रभाव रहेको छ ।

हाल मौसमको अवस्था

हाल देशभर आंशिक देखि सामान्य बदली रहेको छ ।

२०७८ पौष १२ गते (सोमबार)

दिउँसो

देशको पहाडी तथा हिमाली भू-भागहरूमा सामान्य देखि पूर्णतया बदली र तराइका भू-भागहरुमा आंशिक देखि सामान्य बदली रही केही स्थानहरूमा हल्का वर्षा तथा उच्च पहाडी तथा हिमाली भू-भागहरुका केही स्थानहरूमा हल्का देखि मध्यम हिमपातको सम्भावना रहेको छ ।

राती

२०७८ पौष १३ गते (मंगलबार)

दिउँसो

देशभर सामान्य देखि पूर्णतया बदली रही धेरै स्थानहरूमा हल्का देखि मध्यम वर्षा र उच्च पहाडी तथा हिमाली भू-भागहरुका धेरै स्थानहरुमा हल्का देखि मध्यम हिमपातको संभावना रहेको छ ।

राती

देशभर सामान्य देखि पूर्णतया बदली रहनेछ । देशका केही स्थानहरूमा हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको छ । उच्च पहाडी तथा हिमाली भू-भागका धेरै स्थानहरुमा हल्का देखि मध्यम हिमपातको पनि सम्भावना रहेको छ ।

२०७८ पौष १४ गते (बुधबार)

दिउँसो

देशभर सामान्य देखि पूर्णतया बदली रही धेरै स्थानहरूमा हल्का देखि मध्यम वर्षा र उच्च पहाडी तथा हिमाली भू-भागहरुका धेरै स्थानहरुमा हल्का देखि मध्यम हिमपातको संभावना रहेको छ ।

राती

देशभर सामान्य देखि पूर्णतया बदली रहनेछ । देशका धेरै स्थानहरूमा हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको छ । उच्च पहाडी तथा हिमाली भू-भागका धेरै स्थानहरुमा हल्का देखि मध्यम हिमपातको पनि सम्भावना रहेको छ ।

आगामी २४ घण्टाका लागि चेतावनी तथा परामर्श

देशको पहाडी तथा हिमाली क्षेत्रका केही स्थानहरुमा हल्का देखि मध्यम हिमपातको सम्भावना रहेको तथा देशका पहाडी भू-भागको केही स्थानहरुमा हल्का वर्षाको संभावना साथै देशभर चिसो बढ्ने क्रममा रहेकोले चिसोबाट बच्न आवश्यक सुरक्षा एवं सतर्कता अपनाउनु हुन तथा अद्यावधिक मौसमी बुलेटिन तथा सूचनाको जानकारी लिन हुन समेत सबैमा विभागले अनुरोध गरेको छ ।

यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !