७ मंसिर २०८१, शुक्रबार

२०७८ साल मंसिर १२ गते आइतबार देशभर आजको मौसम पूर्वानुमान


मौसम पूर्वानुमान

काठमाडौँ, मंसिर १२ । जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाले आजको मौसम पूर्वानुमान सार्वजनिक गरेको छ ।

मौसम विश्लेषण

नेपालको पूर्वी भू-भागमा ब़ंगलादेशको आसपासमा रहेको न्यून चापीय प्रणालीको आंशिक प्रभाव रहेको छ ।

हाल मौसमको अवस्था

देशका पहाडी भू-भागहरुमा आन्शिक बदली रहेको छ भने बाँकी भू-भागमा मौसम सामान्यतया सफा रहेको छ ।

दिउँसो

देशका पहाडी भू-भागहरुमा आँशिक देखी सामान्य बदली रही बाँकी भू-भागमा मौसम सामान्यतया सफा रहने छ । प्रदेश नं १, बागमती प्रदेश, गण्डकी प्रदेश र कर्णाली प्रदेशको उच्च पहाडी तथा हिमाली भू-भागहरुका एक-दुई स्थानहरुमा हल्का हिमपातको सम्भावना रहेको छ ।

राती

देशको पहाडी भू-भागमा आँशिक बदली रही बाँकी भू-भागमा मौसम सामान्यतया सफा रहने छ । गण्डकी प्रदेश र कर्णाली प्रदेशको उच्च पहाडी र हिमाली भू-भागको एक वा दुई स्थानमा हल्का हिमपातको सम्भावना छ ।

आगामी २४ घण्टाका लागि चेतावनी तथा परामर्श

प्रदेश नं १, बागमती प्रदेश, गण्डकी प्रदेश र कर्णाली प्रदेशको उच्च पहाडी तथा हिमाली भू-भागहरुका एक वा दुई स्थानहरुमा हल्का हिमपातको सम्भावना रहेको र देशभर चिसो वढ्ने क्रममा समेत रहने देखिएकोले आवश्यक सतर्कता अपनाउनु हुन विभागले अनुरोध गरेको छ ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !